पोखरा। नेपाल प्रेस युनियन कास्कीले पोखराका चार जना पत्रकारलाई पुरस्कृत गरेको छ । संस्थाको १० औं जिल्ला अधिवेशन अवसरमा आइतबार आयोजित समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकार विमला भण्डारी, रमेश पौडेल, रवीन्द्र बास्तोला र नवीन सिग्देललाई सम्मान गरे ।
सर्वाधिक ५१ हजार राशिको सुप्रेम शारदा पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीलाई पुरस्कृत गरिएकाे छ । संविधानसभा सदस्य पोखराका वरिष्ठ उद्योगपति सूर्यबहादुर केसीले २०७६ सालमा आफ्नी बहिनी शारदा केसी रोकाहाको स्मृतिमा युनियनले संचालन गर्ने गरी पुरस्कारको लागि ६ लाखको अक्षयकोष स्थापना गरेका थिए । युनियनले वितरण गर्ने पुरस्कारमध्ये सबैभन्दा ठूलो धनराशिको सो पुरस्कार प्राप्त गर्ने भण्डारी पहिलो हुन् ।
पुरस्कार छनोट समिति संयोजक पत्रकार महासंघ कास्की पूर्व अध्यक्ष रवीन्द्र बास्तोला थिए । २ दशकदेखि पत्रकारितामा सक्रिय भण्डारीले विभिन्न संचारमाध्यममा काम गरेकी छन् । विभिन्न संघसंस्थाबाट पुरस्कृत एवं सम्मानित उनी हालैमात्र जनसेवाश्री विभूषणबाट विभूषित भएकी थिइन् ।
नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार रमेश पौडेल र रवीन्द्र बास्तोला पुरस्कृत भए । नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको सो पुरस्कार वर्ष २०७७ का लागि पौडेल र वर्ष २०७९ का लागि बास्तोलालाई जनही ३३ हजार ३३३ रुपैयाँ सहित सम्मान गरिएको हो । गंगाधर पराजुली संयोजक रहेको प्रतिभा छनोट समिति सदस्यमा सरिता तिमिल्सिना पगेनी, बोधराज कार्की, विजय भण्डारी एवं युनियन कार्यवाहक अध्यक्ष रविना आले र सचिव प्रदीप पौडेल पदेन सदस्य थिए ।
युनियनले १२ लाख अक्षयकोष स्थापना गरेर २०७२ सालदेखि हरेक २ वर्षमा सो पुरस्कार प्रदान गर्दै आएको छ । प्रेस युनियनका निवर्तमान केन्द्रीय उपाध्यक्ष रहेका रमेश पौडेल हाल रेडियो बाराहीमा कार्यकारी निर्देशक, गोरखापत्र राष्ट्रिय दैनिक र नेपाल टेलिभिजनमा आबद्ध छन् । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रहेका रवीन्द्र बास्तोला पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष हुन् ।
यसैबीच, प्रेस युनियन शान्ति पत्रकारिता पुरस्कार–२०७८ बाट पत्रकार नवीन सिग्देल पुरस्कृत भए । पूर्णप्रसाद बराल तथा माया देवी बराल प्रतिष्ठानद्वारा स्थापित तथा नेपाल प्रेस युनियन कास्कीद्वारा संचालित सो पुरस्कारको राशि ३३ हजार ३३३ रुपैयाँ र सम्मानपत्र छ । तीन लाख रुपैयाँ अक्षयकोषबाट प्रत्येक दुई वर्षमा युुनियनले गण्डकी प्रदेशमा रहेर कम्तीमा १० वर्षदेखि पत्रकारितामा क्रियाशील युनियनमा आबद्ध पत्रकारलाई पुरस्कार वितरण गर्दै आएको छ । युनियन कास्कीका निवर्तमान अध्यक्ष सिग्देल गत महिनामात्रै नेपाल पत्रकार महासंघ कास्कीबाट पोखरा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका थिए ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर