कामीरिता शेर्पा २८औँ पटक सगरमाथाको चुचुरोमा

कामीरिता शेर्पा २८औँ पटक सगरमाथाको चुचुरोमा

kamirita-sherpa

काठमाडौँ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गरेका छन्। आज बिहान ९ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उनले २८औँ पटक सगरमाथाको सफल आरोहण गरेका हुन्।

उनले गएको बुधबार बिहान साढे ८ बजे सगरमाथाको २७औँ पटक सफल आरोहण गरेका थिए ।

कामीरिताले यसअघि २०७९ वैशाख २४ गते सगरमाथाको २६औँ पटक आरोहण गरेका थिए ।

खुम्बु पासाङ्ल्हामु गाउँपालिका थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चोयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, केटु आरोहण एक गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन्।

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ।

कामीरितापछि सर्वाधिक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्ति पासाङदावा शेर्पा हुन् । उनी २७ औँ पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । पासाङदावा (पादवा) शेर्पाले हिजो २७ औँ पटक सर्वाेच्च शिखर सगरमाथाको आरोहण गरेका हुन् ।

यसअघि पासाङदावा शेर्पा र कामीरिता शेर्पाको सगरमाथा आरोहण बराबरी थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ