पोखरा । पोखराका गायिकाहरुद्वारा स्थापित संस्था हार्मोनीले भित्तेपात्रो विमोचन गरेको छ । पोखरामा शनिबार आयोजना गरिएको एक कार्यक्रमका बीच नेपाली लेखक संघका अध्यक्ष, कवि एवम् संस्कृतिकर्मी तीर्थ श्रेष्ठले भित्तेपात्रोको विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै उनले हार्मोनीले अहिले सम्म गरेका काम उदाहरणीय रहेको र अब आफुलाई परिस्कृत गर्दै लैजानुपर्ने बताए ।
“हार्मोनीले छोटो समयमा आफुलाई स्थापित गरेको छ । संगीत क्षेत्रमा महिलाहरु संगठीत भई गरिएका हालसम्मका सबै कार्यक्रम प्रशंसनिय छ । अब थप परिमार्जित गर्दै नयाँपन दिनुपर्ने आवश्यकता छ ।”, उनले भने ।
कुनै बेला पोखराबाट स्थापित भएका ब्याण्ड र गायक गायिकाहरुले राम्रो सफलता प्राप्त गरिरहेको स्मरण गर्दै श्रेष्ठले पोखराको संगीत क्षेत्रलाई माथि उठाउन सबै एक भएर लाग्नुपर्ने उल्लेख गरे । हार्मोनीले अब पोखरा केन्द्रित मात्रै कार्यक्रम गर्नुभन्दा पनि अन्य शहरमा समेत कार्यक्रम गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।
२०८० सालमा थप रचनात्मक सांगीतिक कार्यलाई प्रस्तुत गरि हार्मोनी अगाडि बढ्ने कुरामा आफु विश्वस्त रहेको भनाई उनको छ । उनले अब पोखराका गायकगायिकाहरु एक भएर अगाडि बढेनै पोखराको सांगीतिक क्षेत्रको श्रीवृद्धि हुने बताए । जसका लागि लेखकसँघ समेत सहयोग गर्न तयार रहेको भनाई उनको छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मन कुमार श्रेष्ठले पोखरामा सांगीतिक क्षेत्रमा स्मरणीय काम कसले गर्छ भनेर सोधियो भने स्वस्फुर्त निस्कने नाम हार्मोनी भएको बताए । हार्मोनीका थुप्रै शुभचिन्तकहरु बजारमा धेरै हुँदै गएको भनाई उनको छ । छोटो समयमा आफुलाई गुणात्मक हिसाबले हार्मोनीले प्रस्तुत गरेको उनले बताए । बजारमा प्रतिस्पर्धा धेरै भएता पनि हार्मोनीको कामले संस्थाको गरिमालाई उचो राखेको अभिव्यक्ति उनको छ ।
पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले कार्यक्रम कहिले गरियो भन्दा पनि के गरियो भन्ने विषय महत्वपूर्ण हुने बताए । हार्मोनीले स्थापना पश्चात अहिले सम्म जेजे कार्यक्रम गरिरहेको छ आफैमा स्तुत्य रहेको उनले बताए । उनले काम महत्वपूर्ण भएको उल्लेख गरे । हार्मोनीले नेपाली सांगीतिक फाँटमा नयाँ आयाम थपेको उनले बताए । विविधताले शहरलाई सुन्दर बनाउने हुँदा विविधतालाई संरक्षण गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।
हार्मोनीकी अध्यक्ष इतु जोजिजूले संस्थाले समाजमा आफुलाई अझ परिस्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरिन् । सबैको सल्लाहबमोजिम नै पोखराको सांगीतिक क्षेत्रलाई उचो राख्न कार्यमा हार्मोनी तत्पर रहने भनाई उनको छ । आफ्ना कार्यक्रमलाई परिमार्जित गर्दै संगठीत रुपमा हार्मोनी अगाडि बढ्ने उनले बताइन् ।
कार्यक्रममा गायक रामभक्त जोजिजू र गायिका रजनी रिदम राईले गीत प्रस्तुत गरेका थिए । उपाध्यक्ष कौशल्या गुरुङले स्वागत, सचिव सानू जोजिजूले संचालन गरेको कार्यक्रममा गायक सन्तोष बस्यालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पोखराका गायकगायिका देखि संगीत अनुरागीहरुको उपस्थिति थियो ।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा इभी भ्यान र ट्रक एकापसमा ठोक्किँदा इभी चालक घाइते
गोठमा काम गरिरहेका किसानमाथि पहिरो खस्यो, स्याङ्जामा एक जनाको मृत्यु
कतारमा रहेका भीरकोटवासीद्वारा तीन बिरामी परिवारलाई आर्थिक सहयोग
१० वर्षदेखि फरार बहुविवाह मुद्दाका दोषी पक्राउ
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
एउटा समाचारले बदलियो कृष्ण बोटेको जीवन, जापानबाट आएको सहयोगले बल्यो घरको उज्यालो
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ