काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा बोल्दै पशुपतिमा जलहरी लगाउँदा अनियमितता भएको विषयमा प्रतिपक्षी दलका नेतालाई जोड्न उचित नहुने बताएका छन्।
दाहालले माओवादी सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिलाई लिएर संसदमा स्पष्टीकरण दिंदै अनियमितताको विषयमा काम गर्ने क्षेत्रधिकार पशुपति विकास कोसको भएको र यसमा कुनै विवाद नभएको बताए ।
प्रधानमन्त्री दाहालले सांसद दाहालले लगाएको आरोपको अडियोलाई रेकर्डबाट हटाउन पनि सकिने बताए। भने, सभामुख देवराज घिमिरेले उक्त अडियो रेकर्डबाट हटाउन निर्देशन दिए।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा शनिबार पनि शुरूमै उभिएर विरोध जनाएका थिए। बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर विरोध जनाउंदा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठकमा बोल्ने बताएपछि एमालेका सांसद बसेका थिए।
सम्बन्धित खबर
अन्तर्राष्ट्रिय विमान कम्पनीले पोखरामा उडान अनुमति माग्दा सरकारले दिएन: महासचिव पोखरेल
भ्रष्टाचार अनुसन्धानको सुइरो पूर्वप्रधानमन्त्रीको श्रीमतीतर्फ घुम्दा सरकार चुप: पृथ्वीसुब्बा गुरुङ
नेशनल पेमेन्ट गेट-वे प्रकरणमा बहालवाला सचिवसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
रास्वपाले बहिष्कार गर्यो प्रधानमन्त्रीले बोलाएको बैठक
पोखरामा चीनबाट सोझै हवाई उडान गर्ने छलफल भएकाे छ : प्रधानमन्त्री
एमालेको बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित, सचिवमा सिलवाल १ मतान्तरले विजयी
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल