पोखरा । लायन्स क्ल्ब इन्टरनेशनल डिष्ट्रिक ३२५ जे नेपाल अन्र्तगतको लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको लायन वर्ष २०२३/२४ को अध्यक्षमा टिका बहादुर लम्साल निर्वाचित भएका छन् । शनिबार पोखरामा आयोजित कार्यक्रम मार्फत लम्सालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको क्लवका संस्थापक अध्यक्ष सन्तोष घिमिरेले जनाए । लम्साल वर्ष २०२२/२०२३ को सचिव रहेका थिए । धादिङ जिल्ला स्थायि ठेगाना भएका उनी पोखरामा बसेर व्यवसायिक क्षेत्रमा क्रियाशिल छन् ।
क्लबको प्रथम उपाध्यक्षमा चित्र बहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा राजेश ढुंगाना, तृतीय उपाध्यक्षमा अनुप बराल, सचिवमा हेमराज तिवारी, कोषाध्यक्षमा दीपक भण्डारी, सह–सचिवमा महेश सुनार, सह–कोषाध्यक्षमा लेखनाथ सुवेदी र मेम्बरसिप चियरपर्सनमा कृष्ण प्रसाद आचार्य चयन भएका छन् ।
क्लबका लायन वर्ष २०२२/२३ का अध्यक्ष राजाराम पौडेलको अध्यक्षतामा आयोजित निर्वाचन कार्यक्रममा लायन वर्ष २०२३/२४ का ड्रिस्टिक जिएटी कोर्डिनेटर सन्तोष घिमिरे, ड्रिस्टिक व्लड डोनेसन डिर्पाटमेन्ट चिफ जित बहादुर थापा गोपाल, ड्रिस्टिक जिइटी को–कोर्डिनेटर टंक प्रसाद ढकाल, डिष्ट्रिक अफिसर महेश्वर रिमाल, रिजन चियर पर्सन घनश्याम ढुंगाना, जोन चियर पर्सन मोहनराज आचार्य, क्लवका नवनिर्वाचित अध्यक्ष टिका बहादुर लम्साल, प्रथम उपाध्यक्ष चित्र गुरुङले बोलेका थिए ।
लायन वर्ष २०१६/२०१७ मा स्थापना भएको यस क्लबको नेतृत्व सन्तोष घिमिरे, पुरुषोत्तम राज भण्डारी, विधान गौतम, टंक ढकाल, शंकर पाण्डे र महेश्वर रिमालले कुशलतापूर्वक निर्वाह गरें । अहिले राजाराम पौडेलको नेतृत्वको समितिले काम गरिरहेको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु