राष्ट्रपति पौडेलद्वारा रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी

राष्ट्रपति पौडेलद्वारा रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी

resham-chaudhary

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीसहित १९ जनाको कैद माफी गरेका छन् । आइतवार बिहान बसेको मन्त्रिपरिषदले चौधरीलाई आममाफी गर्न सिफारिस गरेको हो।

संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ अनुसार माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

टीकापुर घटनामा मृत्यु भएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदाले राष्ट्रपति कार्यालयमा निवेदन दिएकी थिइन्। उक्त निवेदन राष्ट्रपतिले गृह मन्त्रालयमा कार्यार्थ पठाएका थिए।

बिहीवार चौधरीलाई आम माफी नदिन राष्ट्रपति कार्यालयमा बोहराको निवेदन परेको थियो। आइतबारमात्रै मन्त्रिरिषदको बैठकले चौधरीको सजाय माफी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो।

त्यस्तै, राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को जेठ १२ को बैठकको सिफारिसमा जेठ १५ गते देखि लागू हुने गरी रमेश थलङ भन्ने हेमबहादुर थलङ/लिम्बूसमेतका ४७५ जना र ज्येष्ठ नागरिक उदय नारायण गिरीसमेतका ७ जना गरी कुल जम्मा ४८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफ गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds