पोखरा । तीन दिनसम्म भएको पोखरा एमयूएन आइतबार सकिएको छ । युथ थिंकर्स सोसाइटी पोखराको आयोजनामा शुक्रबारदेखि भएको संयूक्त राष्ट्रसंघको नमुना महासभामा तीन जना बेस्ट डेलिगेटबाट सम्मानित भए । देशभरका १४ जिल्लाबाट प्रतिनिधि गरेका युवा मध्य ३ जनाले बेस्ट डेलिगेट बन्न सफल भएको वाइटिएस पोखराका अध्यक्ष रिजन ढुंगानाले बताए । उनका अनुसार सहभागी प्रतिनिधिले विभिन्न ८० देशको प्रतिनिधित्वको गरेका थिए । प्रतिनिधित्व मध्य यूएसए, इजिप्ट र पाकिस्तान बेस्ट डेलिडेट बन्न सफल भएका हुन् ।
यूएसएका प्रतिनिधि हार्दिक पराजुली यूएनइपीबाट बेस्ट डेलिगेट बने । इकोफ्यानबाट सौगात गौतम बेस्ट डेलिगेट बन्न सफल भएका हुन् । यस्तै डब्लुएचओबाट पाकिस्तानको प्रतिनिधित्व गरेका आदर्श झा बेस्ट डेलिगेट बन्ने । उनीहरुलाई ट्रफी र प्रमाणपत्रद्धारा सम्मान गरिएको हो ।
यस्तै तीनै क्षेत्रबाट बेस्ट इस्टाटेजिक्स मलेसियाबाट अल्भिना बराल, यूएसएबाट उत्सब सेडी र एभिक कर्न चाइनाबाट जितेका छन् । बेष्ट पोजिसन पेपरबाट युकेकी प्रतिनिधि प्रतिक्षा सेडी, रसियाबाट दीपिका श्रेष्ठ र इन्डियाका प्रतिनिधि आर्य पुडासैनीले पुरस्कृत भएका हुन् ।
लेखसाइडमा फर्जी औषधिका कारण विश्वमा बढ्दै गएको खतरा, आर्थिक मन्दी र विद्युतीय फोहोरको सुरक्षित व्यवस्थापनका सम्बन्धमा नमुना महासभामा बहस भएको थियो । उद्घाटन समारोह र समापन सत्रमा प्रमुख अतिथि नेपालका लागि अमेरिकी राजदूतावासका अधिकारी धु्रव शाह थिए । शाहले नमुना महासभाले डेलिगेटलाई आलोचनात्मक विश्लेषण सिपलाई डेलिगेटहरुलाई सक्षम बनाएको बताए ।
तपाईंहरुको यो प्रशिक्षण वा सिकाइमार्फत शैक्षिकसँगै राष्ट्रिय तथा विश्वव्यापी मुद्दाहरू कसरी उठाउने भन्ने जान्न बुझ्न अवसर पाउनुभयो भन्ने मैले बुझेको छु,’ शाहले भने ।
सभामा विश्वव्यापी समस्याहरूको सम्भावित समाधानका उपाय पनि प्रस्तुत भएको थियो । विषय वस्तुमा केन्द्रित भएर भोटिङ गर्दा नीतिगत, कुटनीति, अन्तर्राष्ट्रिय सम्बन्धलाई मध्यनजर गरिएको थियो । संस्थाका अध्यक्ष रिजन ढुंगानाले डेलिगेटहरुलाई सौहार्द्रपूर्ण वातावरणमा कार्यक्रममा सकिएको बताए । उनले नमुना सभा एउटा सिकाइ भएकाले यसको भरपूर प्रयोग गर्न अनुरोधसमेत गरेका थिए । कार्यक्रममा वाइटिएसका कोफाउन्डर क्षितिज भट्टराई, वामन घिमिरे लगायत उपस्थित थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन