पोखरा । नारिशक्तिजागरण आमा समूह पोखरा १७ आँखा अस्पताल चोकद्वारा मानव सेवा आश्रम छोरेपाटनमा भोजनदान गरेको छ ।
संस्थाको चौथो स्थापना दिवसका अवसरमा समूहले आश्रममा आश्रित बालबालिका र महिलाहरुका लागि १८ हजार ५०० रुपैया बराबरको एक छाक खानाको सहयोग गरेको हो ।
पोखरा महानगरपालिकाका वडा नं. १७ का वडा अध्यक्ष एवम् समूहका सल्लाहकार राधिकाशाही योगीले सो कार्यक्रमको शुभारम्भ गर्दै टोल छिमेकमा हुने शुभकार्यमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर संकलन गरेको रकमबाट आश्रममा भोजनको व्यवस्थापन गरेर समूहले सामाजिक उत्तरदायित्व पुरा गरेको बताए ।
आकाशलाई छानो र सडकलाई घर बनाएका सडक मानवको उद्धार गरेर गाँस, बास र कपासको व्यवस्थापन गरेर आश्रमले मानवीय सेवामा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै उनले यस्ता पुण्य कार्यमा सबै संघसंस्था एवम् व्यक्तिको सहयोग रहनुपर्नेमा जोड दिए ।
कार्यक्रममा समूहका अध्यक्ष प्यारी गुरुङले एक छाक भोजन बराबरको रकम आश्रमका सम्झना बर्तौलालाई हस्तान्तरण गर्दै आगामी दिनमा पनि समूहको तर्पmबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
समूहले समाजका सामाजिक, आर्थिक र वातावरणीय सेवामा समर्पित हुँदै विभिन्न गतिविधि सञ्चाल नगर्दै आएको सचिव पूर्णकला पोख्रेलले सो अवसरमा जानकारी दिइन् ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर