पोखरा । १६ औं गणतन्त्र दिवसको अवसरमा अनेरास्ववियू, पृथ्वीनारायण क्याम्पस कमिटिले खुल्ला रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
क्याम्पस गेटमै आयोजित कार्यक्रममा साहित्यप्रेमीले आफ्ना रचना प्रस्तुत गरे ।
विद्यार्थी र साहित्य क्षेत्र जहिले पनि सत्ताको प्रतिपक्ष रहने हुँदा राम्रो कामको समर्थन र गलत कदमको रचनात्मक विरोध गर्नुपर्नेमा उनीहरुको जोड थियो ।
गणतन्त्र स्थापनापछि प्राप्त उपलब्धीहरूलाई संस्थागत गर्न नसकेको कारण यस व्यवस्थाप्रति नै जनस्तरमा प्रकट हुन थालेको निराशापना उनीहरुको रचनामा झल्किएको थियो ।
अनेरास्ववियू पृथ्वी नारायण् क्याम्पस कमिटिका संयोजक बिशाल नायक क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा (एकिकृत समाजवादी) महानगर कमिटि उपाध्यक्ष प्रेम थापा, साहित्यप्रेमी रामराज रेग्मी, मदन भण्डारी, नारायण बास्तोला लगायतको उपस्थिति थियो ।
कार्यक्रममा अनेरास्ववियू स्थाई कमिटि सदस्य सन्तोष न्योपाने, अनेरास्ववियू कास्की जिल्ला कमिटि अध्यक्ष बज्रराज अधिकारी, सन्तोष सुनाम लगायत सहभागी भए ।
लघुकथा, कविता, मुक्तक, गजल लगायत रचना वाचित कार्यक्रममा नारायण बास्तोला, श्रीराम अधिकारी, लक्ष्मण पौडेल, सन्तोष न्यौपाने, कुशल पोख्रृल, जिज्ञासु सापकोटा, कृशला पार्वती पोख्रेल लगायतले रचना वाचन गरे ।
कमिटिका सहसंयोजक सन्तोष पौडेलले सञ्चालन गरेको कार्यक्रममा सहभागीलाई सुमन न्यौपानेले स्वागत गरेका थिए ।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ