‘संसदमा सक्रिय सहभागी छु, प्रभावकारी भूमिका निभाएकाे छु, सुझाव दिनुहाेस्’

‘संसदमा सक्रिय सहभागी छु, प्रभावकारी भूमिका निभाएकाे छु, सुझाव दिनुहाेस्’

damodar bairagi (1)

कास्की क्षेत्र नं. ३ बाट प्रत्यक्ष निर्वाचित सांसद दामोदर पाैडेल बैरागीले संसदमा आफ्नो भूमिका प्रभावकारी रहेको उल्लेख गरेका छन् । शुक्रबार पोखरामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी उनले सक्रिय उपस्थितिका साथ क्षेत्रगत समस्यालाई संसदमा उठान गरेको मात्र नभई सार्वजनिक चासोका विभिन्न विषयसूचीको फेहरिस्त प्रस्तुत गरे ।

संसदीय समितिको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सदस्यसमेत रहेका बैरागीले गत पुस २५ गतेदेखि वैशाख १५ गतेसम्म सञ्चालित प्रतिनिधिसभाको पहिलो अधिवेशनका २८ दिन बैठक बसेकाेमा आफू २३ बैठकमा उपस्थित भएको जानकारी दिए । मंसीर ४ गते निर्वाचित भएर पुस ७ गते सपथ ग्रहण गरेपछि पुस २५ गतेको पहिलो बैठक हुँदै बैशाख १५ गतेसम्म आफूले ३१ वटा विषयमा संसदमा बोलेको पनि उल्लेख गरे ।
उनले राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई नाफामूलक ढंगले सञ्चालन गर्न नेपाल सरकारले गर्नुपर्ने काममा ढिलाई गर्न नहुने, फेवाताल संरक्षणका लागि सिमांकनको कार्यान्वयन, सिमसार क्षेत्र अतिक्रमण रोक्न लगायतका विषयमा संसदमा आवाज उठाएको जानकारी गराए ।

‘हाइड्रोपावरका कारण मोदी र सेती नदिमा पानी नै शून्य अवस्थामा पुग्दा पर्यावरणीय अवस्थामा खलल पुगेको, बर्खायाममा बाढीपहिरो प्रभावित क्षेत्र सल्यान, अधेरीखोला, छुमरुङ, दाङसिङदेखि पर्वतको थामार्जुङसम्म पहिरो नियन्त्रणका लागि ठोस योजना बनाउन जोड दिएको छु ।’ उनले भने – ‘इदि, मर्दी, घट्टे, खहरे, फुर्से, भुरुङ्दी, रति, धोती र शारदी खोलामा तटबन्ध गरी बस्ती, बन र खेतीयोग्य जमिनको संरक्षण गर्न आवाज उठाएको छु । साथै, कास्कीका ३ वटै क्षेत्रमा किड्नी बिरामीका लागि डायलोसिस सेन्टर खोल्न पनि झक्झक्याएको छु ।’

स्वास्थ्य प्रयोगशाला निमाण, एक पालिका एक मातृशिशिु केयर सेन्टरको व्यवस्था गर्नुपर्ने, माछापुच्छ्रे ६ मा प्रस्तावित एन्फा टेक्निकल सेन्टरको कार्य छिटो सुरु गर्न संसदमा आवाज उठाएको बैरागीको भनाई छ। मुग्लिन पोखरा सडक खण्डको कोत्रे पोखरा खण्डको काम छिटो सकी आवतजावत सहज बनाउन, एक घर एक खानेपानी कार्यक्रमका लागि उचित बजेटको व्यवस्था गर्न, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा देखापर्ने समस्या समाधान गर्न, कोभिडबा प्रभावित व्यवसायीको हितमा ध्यान दिन, अन्नपूर्ण ५ मा प्रस्तावित नयाँपुल राजमार्ग अस्पताल निर्माण प्रक्रिया छिटो सुरु गर्न पनि उनले जोड दिएको जानकारी गराए ।

स्ववियु निर्वाचन गर्न, सेती मर्दी दोभान पोखरा २५ र १९ जोड्ने पुल मर्मत, अन्नपूर्ण ५ र ६ जोड्ने धोतिखोला र अन्नपूर्ण ६ र ८ जोड्ने मोदी नदीका पुल जीर्ण भएकाले नयाँ निर्माण गर्न पनि उनले जोड दिएको बताए ।

आयुर्वेदिदक औषधि उत्पादनका लागि स्थानीय जडिबुटीमा आधारित उद्योग र प्रयोगशालासहित १ पालिका १ औषधालयको यवस्था गर्न, नदिजन्य पद्धार्थ, बनजन्य, जलचर, खानेपानी, सिंचाई र उर्जाका लागि पानी तथा ढुंगा, गिट्टी र बालुवा सम्बन्धित भूगोलबाट अन्यत्र लैजाँदा निश्चित प्रतिशत रोयल्टी सम्बन्धित स्थानीय निकायलाई अनिवार्य दिनुपर्ने व्यवस्था गर्न उनको माग छ।

मापदण्डलाई कायम राख्दै सार्वजनिक र खेतीयोग्य जमिनको सुरक्षा गर्न, प्राकृतिक सम्पदाको अतिक्रमण रोक्न, विद्यार्थीहरुले हरेक वर्ष भर्ना गर्नुपर्ने व्यवस्था हटाउन, स्नातक उत्तीर्णपछि योग्यता अनुसारको रोजगारीको ज्ञारेन्टी गर्न उनले संसदमा आवाज उठाएका छन् ।

सांसद बैरागीले ६ महिनाबीचमा आफ्नो भूमिकाबारे प्रकाश पार्दै अझै प्रभावकारी बनाउन सबै क्षेत्रबासी एवं पोखराबासीलाई सुझाव प्रदान गर्न पनि आग्रह गरे ।

प्रेस चौतारी कास्कीका उपाध्यक्ष मोतिसागर अधिकारीको अध्यक्षतमा भएको कार्यक्रमको सञ्चालन सचिव रञ्जन अधिकारीले गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds