प्रतिपक्षीको नाराबाजीपछि आइतबारको प्रतिनिधिसभा बैठक स्थगित, सोमबार ११ बजे बस्ने

प्रतिपक्षीको नाराबाजीपछि आइतबारको प्रतिनिधिसभा बैठक स्थगित, सोमबार ११ बजे बस्ने

uml samsad 1685861959

काठमाण्डौ। आइतबारको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रतिनिधि सभा बैठकमा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदले बिरोध गरेपछि अनेकौं प्रयासका बाबजुद सभामुख देवराज घिमिरेले संसद बैठक स्थगित गरेका हुन् ।

शुरूमा बैठक १ घन्टाका लागि स्थगित भनिएपनि सभामुखको कार्यकक्षमा भएको छलफलमा दलहरुबीच सहमति जुट्न नसक्दा बैठक सोमबारका लागि सरेको हो। आइतबार प्रतिनिधि सभा बैठक सुरू हुनासाथ एमाले, रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

विरोध जनाउँदै एमाले प्रमु्ख सचेतक पदम गिरीले कीर्ते गरेर नागरिकता विधेयक प्रमाणीकरण गरिएको आरोप लगाए ।

यस्तै, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि संसदीय प्रक्रिया मिचेर नागरिकता विधेयक प्रमाणीकरण गरिएको बताए। भने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपति संस्था साझा बन्न नसकेको र सरकारको छाया बनेको भन्दै संसदमा प्रधानमन्त्री आएर त्यसको जवाफ दिनुपर्ने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ