पोखराको मनिपाल अस्पतालले सेवामूलक कार्यमा पनि आफूलाई सहभागी गराउँदै आएको छ । सामाजिक क्षेत्रमा क्रियाशील संघसंस्था एवं बालबालिका संलग्न कार्यक्रमहरु निःशुल्क हेस्थ डेस्क सञ्चालन गर्ने गरेको छ ।
यसैक्रममा, शनिबार देशभरका लायन्स ओइरिएको कार्यक्रममा मनिपाल अस्पतालले हेल्थ डेस्क खडा गरी निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्याे । घान्द्रुकमा आयोजित लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘एम’को चौथो क्याबिनेट बैठकमा सयौं लायन मेम्बरहरुको सहभागिता थियो ।
होस्ट क्लब लायन्स क्लब अफ पोखरा लेकसाइडसँग समन्वय गर्दै मनिपालले कार्यक्रम स्थल बाहिर हेल्थ डेस्क राखेर प्रथामिक उपचार सेवा उपलब्ध गराएको हो ।
देशका विभिन्न स्थानहरुबाट कार्यक्रममा सहभागिता जनाउन आएका लायन लिडर तथा सहभागीहरुको ब्लड प्रेसर जाँच्नुका साथै आवश्यक पर्नेहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको हेल्थ कोओर्डिनेटर लायन खिम लामिछानेले जानकारी दिए ।
प्राथामिक उपचार सेवा तथा निःशुल्क औषधी उपलब्ध गराए वापत मनिपाल शिक्षण अस्पताललाई आयोजकले प्रशंसापत्रद्वारा सम्मान गरेको थियो ।



सम्बन्धित समाचारः
लायन्स डिस्ट्रिक्ट ३२५ ‘एम’ को चौथो क्याबिनेट बैठक घान्द्रुकमा सम्पन्न [तस्वीरहरू]
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह