पोखरामा परीक्षार्थीकाे नागरिकतामा आफ्नो फोटो टाँसेर सहभागी हुने दुई जना पक्राउ

पोखरामा परीक्षार्थीकाे नागरिकतामा आफ्नो फोटो टाँसेर सहभागी हुने दुई जना पक्राउ

pariksha-nakkali

पोखरामा सञ्चालित बनरक्षकको शारीरिक तन्दुरुस्ती परीक्षामा अरुकै नाममा परीक्षा दिन जाने दुई जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका-१५ फुलबारीस्थित गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र,पोखराको परीसरबाट जुम्ला चन्दननाथ – ९ बयलकाटीयाका १८ वर्षीय एक किशाेर र जुम्ला सिन्जा गाउपालिका -३ लुम घर भएका २५ वर्षीय पदम बुढा पक्राउ परेका हुन् ।

परिसरभित्र संचालन भइरहेको लोकसेवा आयोगको बनरक्षक पदको शारीरिक तन्दुरुस्ती परीक्षामा अरुकै नाममा परीक्षा दिइरहेको अवस्थामा मंगलबार उनीहरु पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।

उनीहरु सक्कली परीक्षार्थीहरूको सक्कल नागरिकतामा आ-आफ्नो तस्विर टाँस गरेर परीक्षामा सहभागी भएका थिए । शिक्षा ऐन सम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds