काँग्रेस सांसद घिमिरेले भने : ‘आफ्नो क्षेत्रमा मात्रै बजेट खन्याएर भोलि आफूमात्रै जित्ने सोच त्याग्नुस्’

काँग्रेस सांसद घिमिरेले भने : ‘आफ्नो क्षेत्रमा मात्रै बजेट खन्याएर भोलि आफूमात्रै जित्ने सोच त्याग्नुस्’

shyam_zsZMhcRmix

काठमाण्डौ। नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको समर्थनमा टिकिराख्छु भन्ने भ्रम नराख्न चेतावनी दिएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै सांसद घिमिरेले प्रधानमन्त्री बनाउन आफूहरुको पनि भूमिका रहेको भन्दै सो भूमिकाको अवमूल्यन नगर्न उनले चेतावनी दिए। प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारबाट अपेक्षा गरे अनुरुपको बजेट नआएको प्रति उनले असन्तुष्टी पोखे।

उनले वहाँहरू पनि आफूहरु जस्तै चुनाव जितेर मन्त्री प्रधानमन्त्री भएको भन्दै आफ्नो क्षेत्रमा मात्रै बजेट खन्याएर भोलि आफूमात्रै जितेर आउने सोच त्याग्न पनि अनुरोध गरे।

अहिलेको सरकार गठबन्धनको सरकार भएको बताउँदै बजेटमाथि आफूहरूको पनि अधिकार रहेको उनको प्रतिक्रिया थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds