खातामा पर्याप्त पैसा नभई आईपीओ भरेमा कारबाही हुने

खातामा पर्याप्त पैसा नभई आईपीओ भरेमा कारबाही हुने

Ipo

काठमाण्डाै। आफ्नो बैंक खातामा पर्याप्त पैसा नहुँदा नहुँदै सार्वजनिक शेयर निष्कासन अर्थात् आईपीओ भरेमा कारबाही हुने भएको छ ।

घोराही सिमेन्टको आईपीओमा बैंक खातामा पैसा नहुँदा नहुँदै पनि लाखौँ कित्ता भरेर बदमासी गरेको खबर फैलिएपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले एक सूचना सार्वजनिक गर्दै त्यस्ता खातावाललाई कारबाही गर्ने जनाएको हो ।

यसअघि रकम नभएको वा अपुग रकम भएको बैंक खाताबाट आईपीओ भर्दा रद्दमात्रै हुने गरेपनि अब भने धितोपत्रसम्बन्धी ऐन २०६३ अनुसार झुटा एवम् जालसाजीयुक्त कारोबारअन्तर्गत कारबाही हुने सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds