पोखरा । नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यालय प्रमुख ई. आशिष कार्कीले कार्यरत कर्मचारीलाई अनुशासित र सकारात्मक हुन आग्रह गरेका छन् । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराद्वारा आयोजित क्षमता अभिबृद्धि तथा नेतृत्व विकास तालिम समापनका अवसरमा प्रमुख अतिथि कार्कीले सकारात्मक सोच राखेर गरिने योजनामात्र सफल हुने बताए ।
इकाई समितिका अध्यक्ष अनिल शर्मा सुवेदीको अध्यक्षतामा भएको धान दिवस तथा असारे १५ का दहि चिउरा खाने दिनको अवसरमा नेपाल खानेपानी संस्थान सञ्चालक समितिका सदस्य नारायणी जिसीले कृषि क्षेत्रमा हरेक वर्ष नयाँ नारा दिए पनि कार्यान्वयन नहुने गरेको धारणा व्यक्त गरिन् ।
कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसकी नेतृ एवं नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि कुलदेवी बरालले कार्यक्षत्र नै खेत भएको टिप्पणी गदर्लै श्रमिकका मुद्धामा सवै एक भएर लाग्नु पर्ने बताईन् । खानेपानीमा कार्यरत कर्मचारीको समस्या समाधान गर्न आफू चनाखो भएर लाग्ने उल्लेख गरिन् । कार्यक्रममा नेपाल खानेपानी संस्थान कर्मचारी संघका केन्द्रीय अध्यक्ष केदार धमलाले व्ययवस्थानसँग भएको २७ बुँदे सम्झौता कार्यान्वयनको माग गर्दैै विनियमावली प्राप्तिमा ढिलाई हुनु व्यवस्थानको सुस्तता भएको बताए । अध्यक्ष धमलाले ‘संस्थान खारेज गर्ने की ?, अव्बल र सक्षम कार्यालय निर्माण गर्ने भन्ने कुरा कार्यरत आम कर्मचारी नै भएको बताए ।
तहगत समस्या देखाएर विनियमावली ल्याउन नसक्नु सिंगो सञ्चालक समिति र व्यवस्थापन दोषी भएको टिप्पणी गरे । कार्यक्रममा नेपाल सार्वजनिक सेवा कर्मचारी संघ कास्की अध्यक्ष प्रमिला सुवेदी, नेपाल खानेपानी संस्थान हेम्जा शाखाका प्रमुख ई. सन्तोषकुमार दास, नेपाल खानेपानी संस्थान कर्मचारी संगठनका महासचिव वसन्तराज भण्डारी, कर्मचारी संघ इकाई समितिका उपाध्यक्ष रेखा केसी, सचिव दिपेन्द्र बानियाँ, कोषाध्यक्ष सिमाना केसी र सदस्य विक्रम बरुवाल लगायतले बोलेका थिए ।
कार्यक्रममा अवकास भएका कर्मचारी मुकुन्दनाथ विडारीलाई विदाई गरिएको पोखरा शाखाका प्रशासन प्रमुख आनन्दप्रसाद रेग्मीले जानकारी दिए । कर्मचारी संघद्वारा आयोजित ५ दिने तालिमले कर्मचारीलाई उर्जा थपेको पोखरा शाखाका लेखा प्रमुख पुष्पराज जोशीले जानकारी दिए । सहभागीलाई प्रशिक्षक सञ्चारकर्मी दिपेन्द्र श्रेष्ठ, प्रशिक्षक सुनिल मर्सानी, भानु पराजुली र नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले सहजीकरण गरेको संघका सहसचिव विमल तिम्सिनाले जानकारी दिए । तालिममा पोखरा तथा हेम्जा शाखाबाट २३ जना कर्मचारीले भाग लिएका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ