महिला तथा युवाहरुलाई महिनैपिच्छे विभिन्न प्रशिक्षण तालिम दिँदै आएको पोखरा महानगरपालिका वडा नं. १५ कार्यालयले यस महिना पनि आफ्ना गतिविधिलाई निरन्तरता दियो ।
वडा नं. १५ मा रहेका क्रियाशील महिला दिदीबहिनीहरुलाई लक्षित गरी मादल बजाउने १० दिने तालिम प्रदान गरेको छ । वडाका ७५ जना भन्दा बढी महिलाहरु तालिममा सहभागी भए ।

तालिमका प्रशिक्षार्थीहरुलाई सोमबार प्रमाणपत्र वितरण गरेको छ । सो अवसरमा महिलाहरुले १० दिनको तालिमबाट जानेको मादल बजाउने प्रतिभालाई उजागर गरे । उनीहरुले मादल बजाउँदै गीत गाएर सहभागीलाई नचाए ।

वडा अध्यक्ष तोरणबहादुर बानियाँले विभिन्न कार्यक्रम गर्दा, रत्यौली तथा सांस्कृतिक कार्यक्रमहरु गर्दा अरु बोलाएर गर्नुभन्दा आफै जानेपछि सहज हुने बताए । यसले समय र पैसाको वचत गरी महिलाहरुको कार्यक्रम पनि राम्रो हुने बताए ।

वडाले हालैमात्र १५ असारमा रोपाइँ महोत्सव तथा किसानहरुलाई नगदसहित पुरस्कृत र सम्मान गरेको छ ।

यस्तै, ७५ जनालाई कौसी खेती तालिम, फोहोर व्यवस्थापन तालिम र फोहोर व्यवस्थापनका लागि ५०% अनुदानमा बिन बितरणका साथै ५÷५ किलो प्राङ्गरिक मल निःशुल्क वितरण समेत गरेको छ ।


सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर