ललितपुरको शंखमुलस्थित लिटिल फ्लावर पब्लिक स्कुलमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।
ललितपुर प्रहरीले बागलुङ स्थायी घर भई कुपन्डोल बस्दै आएका २३ वर्षीय अशोक परियारलाई पक्राउ गरेको हो । उनी गणित शिक्षक हुन्। परियार एक वर्षअघि मात्रै विद्यालयमा गणित शिक्षक नियुक्त भएका थिए ।
कक्षा ९ मा पढ्ने १५ वर्षीया छात्रालाई शिक्षकले पठाएका शंकास्पद म्यासेजहरु परिवारले फेला पारेपछी प्रहरी गुहारेका थिए । म्यासेजहरु हेर्दा उनीहरुबीच शारीरिक सम्बन्ध भएको झल्किन्छ । म्यासेजमा शिक्षकले छात्रालाई ‘बुढी’ सम्बोधन गरेका छन् भने छात्राले शिक्षकलाई ‘बाबा’ भनेकी छन् ।
शिक्षकले ‘पिल्स खायौ? पेट दुखेको छ कि छैन ? तातो पानी खाउ’ जस्ता म्यासेजहरु लेखेका छन् । शिक्षकले छात्रालाई चुम्बन गरेको, सँगै वियर पिएको, हुक्का तानेको टिकटक भिडियोहरु पनि भेटिएका छन् ।
आमाले शिक्षकसँग छोरीको आपत्तिजनक फोटो भेटेकी थिइन् । त्यसपछि आमाले शिक्षकलाई बोलाएर सम्झाएको खुलेकाे छ । पछि, परियारले पठाएका विभिन्न म्यासेजहरु मोबाइलमा देखेपछि किशाेरीका परिवारजन आत्तिएका थिए ।
कानूनतः १८ वर्ष मुनिको बालिकालाई सहमतिमा राखेको सम्बन्ध पनि बलात्कार मानिन्छ । परिवारले छोरीलाई यो विषयमा केही पनि नसोधिकन सिधै विद्यालयमा सप्रमाण खबर गरेका थिए । प्रिन्सिपल दीलिपकुमार श्रेष्ठका अनुसार घटना सार्वजनिक भएपछि शिक्षकलाई निष्कासन गरिएको छ ।
सम्बन्धित खबर
बुबाको हत्या आरोपमा छोरालाई कारागार
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु