पाेखरा । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्चको रकम निकासा गरिदिन परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई लेखेको पत्र बाहिरिएपछि यो विषय अहिले चर्चामा छ । राष्ट्रपतिले सस्तो लोकप्रियताको लागि उपचार खर्च आफैँ व्यहोर्न चाहेको भनी सचिवालयबाट प्रचारबाजी गरेर अहिले पैसा मागेको भन्दै उनको आलोचना भइरहेको छ ।
नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु र युवा संघले ‘एक रुपैयाँ दान अभियान’ सुरु गरेका छन् । यी दुई संगठनले पोखरामा गण्डकी प्रदेशसभा बाहिर बुधबार चन्दा संकलन गरेका छन् ।
भित्र संसद चलिरहँदा बाहिर अनेरास्ववियु र युवा संघमा आबद्धले चन्दा संकलन गरिरहेका थिए । संसद सकिएर बाहिर निस्किदा निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले नेता खगराज अधिकारीसहित सांसदहरूले चन्दा दिएका थिए ।
अधिकारीले राष्ट्रपतिका लागि भन्दै पाँच रुपैयाँ चन्दापेटिकामा हालिदिएका थिए । उनीपछि एमाले सांसद भीमबहादुर कार्की, प्रकाशबहादुर केसी, लक्ष्मणबहादुर पाण्डे, राजकुमारी भुजेल, भक्तबहादुर कुँवर, मित्रलाल बस्याल, यशोधा रिमाल, पद्मा जिसीलगायतले पनि चन्दा दिए ।
पोखरासहित प्रदेशभर अभियानमार्फत उठ्ने पैसा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत राष्ट्रपति कार्यालयमा पठाइने अनेरास्ववियु गण्डकी संयोजक आरके पोखरेलले बताए ।
बाग्लुङमा प्रहरी हस्तक्षेप
यसैबीच, बाग्लुङमा भने अनेरास्ववियुकाे कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । अनेरास्ववियु बाग्लुङको टोलीलाई प्रहरीले बाधा उत्पन्न गरी नियन्त्रणमा लिएर गाडीमा लगेको हो । १ रुपैंया संकलन अभियानमा कूल २३६ रुपैंया संकलन गरेको ईञ्चार्ज समेत रहेका केन्द्रीय सदस्य रोशन कुँवरले जनाएका छन् ।

सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’