काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ । ६९ वर्षको उमेरमा आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको हो ।
रातिदेखि स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई बिहान अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ । लामो समयदेखि अर्धचेत अवस्थामा रहेकी प्रधानमन्त्री पत्नी दाहाल पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) रोगबाट लामो समयदेखि पीडित थिइन् ।
नर्भिक अस्पतालका डा. जगदीश जैसवालले अस्पताल ल्याईपुर्याउँदा उनको मुटुको चाल निकै सुस्त भईसकेको भन्दै बिहान ८ बजेर ३३ मिनेट जाँदा निधन भएको पुष्टि गरे ।
बिहान साढे ९ बजे प्रधानमन्त्री दाहालका निजी चिकित्सक डा. युवराज शर्माले प्रेस ब्रिफिङ गर्दै प्रधानमन्त्री पत्नी दाहालकाे निधन भएको जानकारी दिए ।

नर्भिक अस्पतालमा शीर्ष नेताहरू
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएपछि नर्भिक अस्पतालमा विभिन्न दलका शीर्ष नेताहरू पुगेका छन्। प्रधानमन्त्री दाहाललाई समवेदना दिन बुधबार दलका शीर्ष नेताहरू र प्रधान सेनापति प्रभुराम शर्मालगायत पुगेका हुन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, नेताहरू आरजु राणा देउवा, नैनसिंह महरलगायत अस्पताल पुगेका छन्। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङ, सञ्चार मन्त्री रेखा शर्मालगायत पनि अस्पताल पुगेका छन्।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि अस्पताल पुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याललगायत पनि अस्पताल पुगेका छन्। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी भूमि व्यवस्था मन्त्री रञ्जिता श्रेष्ठ पनि अस्पताल पुगेकी छन्।
श्रद्धाञ्जलीका लागि केन्द्रीय कार्यालयमा राखिने, आजै अन्त्यष्टि
दिवंगत सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि माओवादी पार्टी कार्यालय लगिँदैछ । उनको दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ ।
त्यसअघि, श्रद्धाञ्जलीको लागि उनको पार्थिव शरीरलाई माओवादी केन्द्रको पार्टी कार्यालयान राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । श्रद्धाञ्जलीको लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने भएकाे छ । दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहालको अन्त्यष्टि गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
समाजवादी मोर्चाको बैठक अनिश्चित
समाजवादी मोर्चाको आज बस्ने भनिएको बैठक अनिश्चित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पत्नी सीता दाहालको निधन भएपछि बैठक अनिश्चित भएको हो ।
नेकपा (माओवादी केन्द्र), जनता समाजवादी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपासहित चार दल मिलेर बनेको समाजवादी मोर्चाको बैठक आज अपराह्न ४ः०० बजे बस्ने गरि बोलाइएको थियो ।
मोर्चाले यसअघि मोर्चाको कार्यदिशा तय गर्न कार्यदलसमेत गठन गरेको थियो । यही असार ४ गते समाजवादी मोर्चा घोषणा गरिएको थियो । मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ ।
सम्बन्धित खबर
‘रास्वपाको पतन उदय जत्तिकै छिटो हुन्छ’ – एमाले महासचिव पोखरेल
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रुपमा ग्रहण गर्नु नै गुरूप्रतिको सम्मान हो: प्रदेश प्रमुख भट्ट
संकटको बेला सरकारले नै सर्वदलीय बैठक बोलाउनुपर्थ्यो : शंकर पोखरेल
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन