मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विकास न्युज डटकमका प्रधानसम्पादक रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएकोभन्दै पत्रकार महासंघ ललितपुर शाखले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शनिबार एक विज्ञप्ति जारी गर्दै शाखाले समाचारको विषयलाई लिएर दुर्गा प्रसाईले असार २९ गते बेलुका ६ः ५५ बजे ९८०१०५२२२२ नम्बरबाट फोन गरेर धम्की दिएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ,–‘भाइ तिमीले मेरो बारेमा धेरै समाचार बनायौ, तिमीले मलाई चिनेका छैनौं, मसँग निहुँ खोज्नेलाई बाँकी राख्दिनँ, धेरैलाई मैले सिध्याएको छु, मलाई कसैले पनि जित्न सक्दैनन्, बुझ्यौ भाइ, मेरा पछाडि हजारौं मान्छे छन्, भाइ तिम्रो सुरक्षा कसले गर्न सक्छ ? भनेर धम्की दिएको छ ।’
समाचारमाथि चित्त नबुझे कानुनी कारबाहीमा जाने बाटो हुँदा हुँदै पत्रकारकै ज्यान सिध्याइदिने धम्की दिने शक्ति दुर्गा प्रसाईंले कहाँबाट पाए ? भन्दै ललितपुर शाखाले सम्बन्धित निकायसँग यसको जवाफ माग मागेको छ ।
उनको धम्कीपछि पौडेलको सुरक्षा संवेदनशीलता थपिएको भन्दै महासंघले ललितपुर शाखाले सरकार, प्रहरीलगायत निकायलाई पनि विषयवस्तुको सम्वेदनशीलता बुझ्न आग्रह पनि गरेको छ ।

मागेको नदिएपछि ज्यान मार्ने धम्की भनेर प्रचार गरे: प्रसाई
दुर्गा प्रसाईले भने आफूले कुनै पत्रकारलाई धम्की नदिएको बताएका छन् । विकासन्युजका रामकृष्ण पौडेललाई प्रसाईले ज्यान मार्ने धम्की दिएको भन्दै विभिन्न संस्थाहरूले विज्ञप्ति निकालेपछि दैनिकीले चासो राख्दा उनले आफूले कसैलाई पनि धम्की नदिएको बताए ।
प्रसाईले भनेका छन् ‘केही मागेका थिए, मैले दिइनँ, त्यसपछि मेरा बारेमा सिरियल समाचार लेखे, त्यसले पनि पार नलागेपछि ज्यान मार्ने धम्की दियो भनेर प्रचार गरेछन् ।’ उनले आफूले असम्बन्धित मान्छेहरूसँग जोडेर आफ्ना बारेमा दुष्प्रचार नगर्न पौडेललाई आग्रह गरेको दैनिकी डटकमले लेखेकाे छ ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
मेयर बालेन शाहलाई पितृशोक
आठौँ सामाजिक सुरक्षा दिवसमा चरक मेमोरियल हस्पिटललाई सम्मान
केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’