शैक्षिक परामर्शदाताहरुको संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा भएको मतदानमा भट्टराई २ सय ३८ मतसहित निर्वाचित भए ।
नेतृत्वका लागि ४ जना चुनावी प्रतिस्पर्धामा रहेकोमा निकटतम् प्रतिस्पर्धी विष्णुहरि पाण्डेले १ सय ४६ मत, कृष्णहरि केसीले २१ र देवीदास भट्टराईले ११ मत पाए ।
त्यस्तै, ३ उपाध्यक्षमा एन्ड्रीयु पौडेल (लक्ष्मण) २ सय २८ मत, भुवनबहादुर क्षत्री १ सय ७२ मत र गीता शिवाकोटी १ सय ५२ मतसहित निर्वाचित भए । भुवन पोखराको टार्गेट इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीका संस्थापक एवं सञ्चालक हुन् । उपाध्यक्षमा मात्रै ११ जना प्रतिस्पर्धी थिए । इक्यान कास्कीका पूर्व अध्यक्ष र हाल सल्लाहकार समितिका सभापति रहेका पोखराका क्षत्रीलाई उपाध्यक्षमा उम्मेदवार बनाउने इक्यान कास्कीले नै यसअघि निर्णय गरेको थियो ।
महासचिवमा दीपकराज भुसाल दोहोरिए । शेषराज समूहबाट चुनाव लडेका उनले २ सय ५५ मत पाए । उनका प्रतिस्पर्धी विष्णुहरि प्यानलका वासुदेव दाहालले १ सय ६० मत पाए ।
सचिवमा भवनाथ हुमागाईं र रत्नबहादुर भट्टराई निर्वाचित भए । कोषाध्यक्षमा २ सय ८ मतसहित आशिक कार्की र सहकोषाध्यक्षमा २ सय १६ मतसहित विकल्पराज पोखरेल विजयी भएका छन् ।
कार्यसमिति सदस्यमा सुरज सिलवाल, साधना पुडासैनी, उमा खड्का पाठक, मन्जित ढकाल, गोविन्द खनाल, आशीष रायमाझी, शशिप्रसाद भट्टराई, विजयकुमार बस्नेत र श्रीराम गिरी चुनिए ।
सम्बन्धित खबर
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
‘ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू’
सर्वोच्चमा रवि लामिछानेसम्बन्धी मुद्दा पुनः ‘हेर्दाहेर्दै’मा, मंगलबार फेरि सुनुवाइ हुने
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
कस्टमर ग्रुप नेपालद्वारा पाल्पाको विद्यालयलाई सहयोग
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु