पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनि भन्ने ठाउँमा गए राति भएको जीप दुर्घटनामा दुई बालबालिकाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । ७ वर्षीया बालिका शितल बिककाे पर्वत अस्पताल र ४ वर्षीय बालक प्रिन्स क्षेत्रीकाे पाेखरामा उपचारका क्रममा निधन भएकाे पर्वत प्रहरीले जनाएकाे छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नं. को जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएकी कुश्मा–३ की सात वर्षीया बालिका शीतल विकको टाउको र आँखामा गम्भीर चोट लागेकाे थियाे । उनको उपचारकै क्रममा पर्वत अस्पतालमा मृत्यु भएको हो ।
घाइतेहरु मध्ये कृष्णप्रसाद पाध्या, हिरादेवी मगर, मिनबहादुर क्षेत्री, प्रिन्स क्षेत्री, चन्द्रकला क्षेत्री, अमृत क्षेत्री र भबदत्त शर्मालाई पोखरा रिफर गरिएको थियाे। प्रिन्सकाे उपचारकै क्रममा गण्डकी मेडिकल कलेज पोखरामा ज्यान गएकाे हाे ।
दुर्घटनामा परी घाइते भएकाहरु मध्ये शौरभ विक, शान्ति विक, अम्मर विक, निशान परियारको अवस्था सामान्य रहेको छ । उनीहरुको पर्वत अस्पतालमा उपचार भएको छ ।
उकालो बाटोमा चढ्दै गरेको जीप अचानक अनियन्त्रित भई सडकबाट करिब ३०–३५ मिटर तल खसेको थियो । जीपका चालक प्रहरीको नियन्त्रणमा रहेको र जीप घटनास्थलमा सवारीधनीको जिम्मामा रहेको प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिएका छन् । जीपकाे अकस्मात ब्रेक फेल भएकाे चालकले बताएका छन् ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?