पोखरा । राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीले संगठनको कामलाई व्यवस्थित गर्न सचिवालय गठन गरेको छ । कमिटीको दोस्रो बैठकले ७ सदस्यीय सचिवालय निर्माण गर्नुका साथै विपद् व्यवस्थापन समिति गठन गरेको हाे ।
सचिवलयमा संयोजक विकास अधिकारी, सुदीप आचार्य, दिलकाशी गुरुङ, सन्तोष पौडेल, आशा गैरे, साजन सुवेदी, मनोजमान श्रेष्ठ छन् । संयोजक विकास अधिकारीको संयोजकत्वमा ११ सदस्यीय विपद् व्यवस्थापन समिति गठन गरिएको छ ।
अधिकारीले समितिले बाढी पहिरो, भारी वर्षात लगायतका मनसुनजन्य विपद्का बेलामा राहात, उद्धारको काम गर्ने जानकारी दिए । उनका अनुसार प्रदेश कमिटीले सबै जिल्ला तथा प्रदेशको अधिवेशन भदौ महिनाभित्रमा सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश कमिटीका सदस्यलाई प्रदेशको ८५ पालिकामा उत्प्रेरकको रुपमा तोकेको छ ।
कार्यक्रममा नेकपा (एमाले)का स्थायी कमिटीका सदस्य खगराज अधिकारी, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवे, युवा संघ नेपालका पूर्व अध्यक्ष राजीव पहारी, नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष मोहन रेग्मी, युवा संघ नेपालका उपाध्यक्ष तथा उत्प्रेरक रमेश तिवारी, महासचिव सुमन पुरी र उपमहासचिव महेन्द्र गुरुङले सम्बोधन गरेका थिए ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?