पोखरामा दोस्रो ठूलो क्षमताको डिजेल भण्डारण गृह सञ्चालनमा आएको छ। पोखरा वडा नं. २९ र ३० गगनगौंडामा एक करोड लिटर क्षमताको डिजेल भण्डारण गृह सञ्चालनमा ल्याएको हो।
इन्धन भण्डारणका लागि अमलेखगन्ज सबैभन्दा बढी क्षमताको भण्डारण गृह हो। तर, यसअघि सञ्चालनमा आइसकेको काठमाडौंस्थित थानकोट डिपो भने ७० लाख लिटर क्षमताको छ। पूर्वाधारको हिसाबले भने पोखराका डिजेल भण्डारण गृह तेस्रो हबको रूपमा स्थापित भएको छ।
गण्डकी प्रदेशमा पेट्रोलियम पदार्थको खपत हरेक वर्ष बढ्दो छ। यस प्रदेशमा हरेक दिन करिब ४ लाख ६७ हजार लिटर पेट्रोलियम पदार्थको खपत हुन्छ। निगमका अनुसार हाल एक दिनमा यस प्रदेशमा ३ लाख ३ लाख २० हजार लिटर डिजेल र १ लाख ६० हजार लिटर पेट्रोल बिक्री वितरण भइरहेको छ। यस डिपोमा हाल २२ लाख ८० हजार लिटर डिजेल र १० लाख १० हजार लिटर पेट्रोलको भण्डारण क्षमता रहेको छ।
पोखरामा आयोजित कार्यक्रमको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले इन्धन ऊर्जाको पहुँचले औद्योगिक विकासदेखि जनजीवन सहज बनाउने बताए।
नयाँ भण्डारण परियोजना सञ्चालनमा आएपछि प्रदेशमा डिजेलको भण्डारण ३० दिनभन्दा बढी पुग्नेछ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह