पोखरा । नेवाः पत्रकार पुचः कास्कीको अध्यक्षमा अनिशा श्रेष्ठ चयन भएकी छन् । दोस्रो अधिवेशनले सिटिवान टेलिभिजनका प्रबन्ध निर्देशक श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
उपाध्यक्षमा गणेश श्रेष्ठ, महासचिवमा सुशिल श्रेष्ठ, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ र सचिवमा पदम श्रेष्ठ र सदस्यहरुमा सुरज श्रेष्ठ, सञ्जय शाक्य, अल्चना श्रेष्ठ र अभिनन्दन बजिमया चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफूले बोलेर भन्दा पनि काम गरेर देखाउने बताएकी छन् । उनले कास्कीमा नेवाः समुदायबाट महिला पत्रकारहरु न्यून संङ्ख्यामा रहेको भन्दै आफुले पत्रकार पुचः मा रहेर पत्रकारीताको माध्यमबाट अब नेवाः संस्कृति र परम्परालाई संरक्षण र प्रचार प्रसार गर्ने बताइन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले नेवाः खल कास्कीले नेवारहरुको संस्कृति र परम्परालाई संरक्षणको लागि विशेष योगदान दिएको बताएका थिए ।
नेवाः पत्रकार पुचः का सल्लाहकार दीपेन्द्र श्रेष्ठले नेवारहरु सँग जोडिएका भाषा, संस्कृति, परम्पराहरु लोप हुँदै गएको र त्यसलाई संरक्षण र सम्वर्द्धनका लागि मसिनो गरी केलाउन र खोज्न नेवाः पत्रकार आवश्यक भएको बताएका थिए।
उक्त कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, नेपाल पत्रकार महासंघ गण्डकीका महसचिव गोविन्द सुवेदी, नेवाःल्याम्ह पुचः कास्कीको अध्यक्ष मधुसुदन जोशी, नेवाः मिस पुचः कास्कीको अध्यक्ष संगीता बज्राचार्य, आदिवासी जनजाति पत्रकार संघ कास्कीका अध्यक्ष दिल गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा उपाध्यक्ष सन्देश श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने महासचिव अनिशा श्रेष्ठले कार्यक्रम सञ्चालन गरेकी थिइन्।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह