पोखरा । पछिल्लो समयमा विद्यार्थीको रुचि नाट्य क्षेत्रमा बढ्न थालेको छ । नाटक मार्फत शैक्षिक तथा व्यवहारिक ज्ञान रमाइलो तरिकाले जान्न पाउँदा उनीहरुको रुचि यसतर्फ बढ्न थालेको हो । यही क्रममा विद्यार्थीलाई लक्षित गरेर पोखरामा नाटक मञ्चन हुने भएको छ । कक्षा ८ को नेपाली विषयमा समावेश ‘अमरपुत्र’ कथा र कक्षा १० को अनिवार्य नेपाली विषयमा समावेश ‘घरको माया’ एकांकीलाई नाट्य रुपान्तरण गरेर ‘दुई नाटक’ शिर्षकमा नाटक मञ्चन गर्न लागिएको हो । पोखरा थिएटरको प्रस्तुतीमा यहीं साउन १४ गते आइतबारबाट गन्र्धव नाटकघरमा यो नाटक मञ्चन हुनेछ । नाटक मञ्चनको लागि रिहर्सल सुरु भएको पोखरा थिएटरले जनाएको छ ।
भीमनिधि तिवारीले लेखेको कथा र एकांकीलाई परिवर्तनको परिकल्पना र निर्देशनमा यो नाटक तयार गरिदैछ । निर्देशक परिवर्तनले पछिल्लो समयमा विद्यार्थीको आर्कषण नाट्य क्षेत्रमा बढ्न थालेकोले उनीहरुलाई लक्षित गरेर नाटक मञ्चन गर्न लागिएको बताए । यो नाटकले विद्यार्थीलाई उनीहरुको स्थानिय संस्कृतिसँग जोड्ने मात्र नभएर समाज र इतिहासमा कलाको प्रभावबारे सिकाउने उनको भनाइ छ । ‘यो नाटकले विद्यार्थीको लागि व्यवहारिक दृष्टिकोण प्रदान गर्नेछ, उनीहरुमा विषयवस्तु तथा सन्देशहरुको विश्लेषण र व्याख्या गर्ने क्षमता बढाउनेछ’ पोखरा थिएटरका अध्यक्ष समेत रहेका निर्देशक परिवर्तनले भने ।
नाटकमा कुसुम आचार्य शर्मा, कृष्टिना अर्याल, अमृत परियार, रोहित पौडेल, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, जनक पराजुली र रोशनी रामदामको अभिनय हेर्न पाइनेछ । उनीहरु यतिबेला आफ्नो भुमिकालाई आर्कषक बनाउन रिहर्सलमा व्यस्त छन् ।
नाटकलाई सुन्दर बनाउन रमेश बाबु तिमल्सिनाले प्रकाश परिकल्पना, रञ्जु दाहालले ध्वनि परिचालन, सुसन पौडेलले प्रकाश परिचालन, दिप्सना विश्वकर्माले कस्टुम म्यानेजर, सोनिया कार्की खत्रीले आर्टिष्ट म्यानेजरको रुपमा सघाउनेछन् । यसैगरी पोष्टर तथा स्केचमा अमृत परियार र मनोज तामाङ्ग, डिजाइनमा दयाराज ढुंगाना, मञ्च व्यवस्थापकमा रोशनी रामदाम, बजार व्यवस्थापकमा प्रकाश पराजुली, मञ्च निर्माणमा धनकाजी श्रेष्ठ, रोहित पौडेल, अमृत परियार र मिलन श्रेष्ठ तथा बक्स अफिसमा रहेर शुभेक्छा शर्माले साथ दिनेछन् । एक घण्टा अवधिको यो नाटक मुख्य रुपमा बुकिङ सो मार्फत मञ्चन गर्ने थिएटरको तयारी छ । यसका अलावा पब्लिक सो मार्फत समेत दर्शकले नाटक हेर्न पाउने पोखरा थिएटरले जनाएको छ ।
सम्बन्धित खबर
नयाँ वर्षमा प्रदेश प्रमुख भट्टको शुभकामना सन्देश
सञ्चारिक समूह गण्डकीको अध्यक्षमा राधिका सर्वसम्मत
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?