सशस्त्र प्रहरी कालिका गण पोखराका जवान दिप बस्नेत तुलसीपुर पुगेर पत्रकारमाथि खनिएकाे घटना सार्वजनिक भएकाे छ ।
नेपाल पत्रकार महासंघ दाङले रेडियो प्रकृति तुलसीपुर र तुलसीपुर खबर अनलाइनमा कार्यरत पत्रकार चेतन वलीमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ ।
पत्रकार वलीमाथि दंगीशरण गाँउपालिका १ को सडक मर्मत र प्रतिक्षालय निर्माणका बारेमा लेखिएको समाचारका बिषयमा दंगीशरण गाउँपालिका १ घर भई हाल सशस्त्र प्रहरीको कालिका गण पोखरामा कार्यरत जवान दिपबहादुर बस्नेतलगायतका केही व्यक्तीले फोनबाट पटक पटक धम्क्याउने गरेका भन्दै यस्तो व्यवहारप्रति महासंघले आपत्ति जनाएको हो ।
महासंघका अध्यक्ष दुर्गालाल केसी र सचिव आरके शितलले एक विज्ञप्ति जारी गरी पत्रकार वलीमाथि भएको दुव्र्यवहारप्रति गम्भीर आपत्ति प्रकट गरेका हुन् ।“समाचारमा चित्त नबुझे खण्डन गर्ने र खण्डन नभए प्रेस काउन्सिलमा उजुरी गर्ने प्रावधान हुँदाहुँदै पत्रकारलाई समाचारकै बिषयलाई लिएर गाली गलौज गर्ने र दुव्र्यवहार गर्ने कार्य निन्दनिय छ । आगामी दिनमा यस्ता कार्य नगर्न र प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकारलाई सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित पक्षहरुलाई सचेत गराउन चाहन्छौँ”, विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित खबर
सर्वोच्चले पुनर्बहाली गरेपछि शाक्यले सम्हाले प्राधिकरणमा कार्यकारी निर्देशकको पद
बहुविवाह कसुरमा डीएसपी नेपाल पक्राउ
स्याङ्जामा बालिका र किशोरीलाई आत्मरक्षा तालिम
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
हेटौँडामा बिहानै भत्काउन थालियो सडक छेउका घर तथा संरचनाहरू
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ