गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु

गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु

mrita fela

गोरखा । गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मङ्गलवार बिहान करेन्ट लागेर शहीद लखन गाउँपालिका–७ थापागाउँका ४० वर्षका राममणि थापाको मृत्यु भएको हो ।

शहीद–लखन ७ बाह्रबिसेकी शान्ता तिवारीको कुखुरा फार्ममा विद्युतीय तार शर्ट भएर करेन्ट लाग्दा थापा गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा गोरखा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखो जनाएको छ ।

कुखुरा फार्म नजिकै रहेको हाते ट्र्याक्टर निकाल्ने क्रममा थापालाई करेन्ट लागेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ