पोखरा । नेकपा (एमाले) केन्द्रीय कमिटीका सचिव तथा गण्डकी प्रदेशका ईञ्चार्ज गोकर्ण बिष्टले एमालेलाई एकताबद्ध तथा बलियो बनाउन ध्यान दिने बताएका छन् । उनले पार्टीलाई बलियो बनाउनका लागि कोही कसैप्रति नकारात्मक टिका टिप्पणी नगरी जिम्मेवार र अनुशासित भएर काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
एमाले जिल्ला कमिटी कास्कीले अगुवा कार्यकर्ताको लागि शनिबार गरेको अनुशिक्षण कार्यक्रममा नेता बिष्टले नकारात्मक टिका टिप्पणी नगर्न तथा प्रतिबद्ध भएर काम गर्न आग्रह गरे । एकमना एकताका साथ पार्टीको काममा जुट्ने कामको सरुवात कास्कीबाट गर्न अनुरोध गर्दै उनले विचार र भावनाका साथ अगाडी बढ्न सबैमा आग्रह गरे ।
उनले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणको एजेण्डालाई अगाडी सारेको एमालेलाई कमजोर बनाउन हिलो छ्याप्ने काम भएका आरोप लगाए । एमालेलाई चारैतर्फबाट भएको घेराबन्दीको सामना गर्न पार्टीको आन्तरिक एकतालाई मजबुद बनाउन ध्यान दिएको उनले जानकारी दिए ।
शोषण रहित समतामूलक समाज स्थापना गर्ने योजना र चाहानालाई पुरा गर्न पार्टी लागेको दाबी गर्दै उनले रोजगारीको सिर्जना र उद्यमशिलताको विकास गरी जनताको जीवन स्तर सुधारमा ध्यान दिने बताए । उनले सामाजिक न्याय सहितको समृद्धि हासिल गर्दै समाजवादमा पुग्ने यात्रा तय गरेको उल्लेख गरे ।
नेकपा (एमाले) स्थायी कमिटिका सदस्य खगराज अधिकारीले पार्टी सरकारमा रहँदा सधै प्रगतिशिल सुधारको कार्यक्रम गरेको बताए । कमिटी प्रणालीलाई व्यवस्थित गरी सदस्यता अद्यावधिक गर्न सबै कार्यकर्तालाई आग्रह गरे । उनले ठोस योजनाका साथ काम गरी कास्कीलाई नमुना जिल्ला बनाउन निर्देशन दिए ।
पाटीका स्थायी समितिका सदस्य थममाया थापामगरले नेता तथा कार्यकर्तालाई वैचारिक तथा राजनीतिक रुपमा प्रशिक्षित गरी संगठनलाई चुस्त दुरुस्त बनाए जुन सुकै आन्दोलनमा समेत सफलता मिल्ने तर्क गरिन् । उनले पार्टीको जनाधारलाई बलियो बनाउन ध्यान दिने उल्लेख गरिन् । पार्टीका नेता सोमनाथ अधिकारी प्यासीले सिंगो पार्टी कमिटी संगठन निर्माणमा लाग्न आग्रह गरे । कमिटीमा बस्नेलाई जिम्मेवारी बोध गर्न निर्देशन दिदै उनले कम्युनिस्ट पार्टी सामुहिक र संस्थागत निर्णय गरी नचलेमा जनताप्रति बेइमानी हुने तर्क गरे ।
कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी कास्कीका अध्यक्ष मनबहादुर गुरुङ, उपाध्यक्ष तेजनारायण अधिकारी सचिव बैनबहादुर अधिकारी क्षत्रीले अनुशिक्षण कार्यक्रममा बोलेका थिए ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर