पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १२ को आयोजनामा तीन महिने ब्यूटिशियन तालिम सम्पन्न भएको छ।
पोखराको बुद्धचोकमा रहेको ववि ब्यूटि सलोन एण्ड ट्रेनिङ सेन्टरको प्राविधिक सहयोगमा वडा भित्र रहेका महिलाहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त तालिमको समापन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले आगामी दिनमा पनि युवाहरुलाई लक्षित गरी विभिन्न सीपमुलक ब्यवसायीक तालिमहरुलाई निरन्तरता दिने बताए। सो अवसरमा बोल्दै तालिमका संयोजक शान्ती कोइरालाले पोखरा १२ भित्र रहेका महिला दिदी वहिनीहरुलाई लक्षित गरी तीन महिने ब्यूटिशियन तालिमको आयोजना गरेको जानकारी दिइन्।
त्यस्तै तालिमका प्रशिक्षक सिनियर ब्यूटिशियन तथा ववि ब्युटि सलोन एण्ड ट्रेनिङ सेन्टरका सञ्चालक बविता केसी कार्कीले युवा महिलाहरुले भोलिका दिनमा स्वरोजगार तथा आत्मनिर्भर हुनका लागी आजको दिनमा विभिन्न किसिमका सिपहरु सिक्न आवश्यक रहेको वताउदै आफ्नो संस्थाबाट समेत युवाहरुलाई स्वरोजगार गराउने उद्देश्यले ब्यूटिशियन सम्बन्धी विभिन्न तालिमहरु विशेष छुटमा सञ्चालन गरिरहेको बताइन्।
त्यस्तै प्रशिक्षार्थी लक्ष्मी कोइरालाले वडाले आयोजना गरेको तीन महिने तालिममा सिकेको कुरालाई ब्यवहारमा उतारेर स्वरोजगार बन्ने अवसर प्रदान गरेकोमा वडा परिवारलाई धन्यवाद ब्यक्त गरिन्। समापन कार्यक्रमको सञ्चालन इन्दिरा भण्डारीले गरेकी थिइनभने प्रशिक्षार्थीको तर्फबाट गायली कुँबरले स्वागत मन्तब्य राखेकी थिइन्। बवि ब्यूटि सलोन एण्ड ट्रेनिङ सेन्टर बुद्धचोकमा सम्पन्न तालिममा १५ जना महिलाहरुको सहभागीता रहेको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन