युनिस्टारमा भोलि ‘क्यानडा एजुकेशन इन्फोसेसन’

शैक्षिक परामर्श

युनिस्टारमा भोलि ‘क्यानडा एजुकेशन इन्फोसेसन’

क्यानडाका विभिन्न कलेज तथा युनिभर्सिटिका प्रतिनिधिहरु सहभागी हुने

unistar canada

पोखरा । पछिल्लो समय धेरै नेपाली विद्यार्थीको आकर्षणको केन्द्र बनेको छ क्यानडा । धेरै विद्यार्थीलाई चासो हुन सक्छ गुणस्तरीय शिक्षा कसरी र कहाँ हासिल गर्ने ? कहाँ अध्ययन गर्दा राम्रो अवसर पाउन सकिन्छ ? गुणस्तरीय शिक्षा, रोजगारीको अवसर, उचित शैक्षिक शुल्क, छात्रवृत्तिको व्यवस्था हेरेर नै विद्यार्थीहरुले आफ्नो गन्तव्य रोज्ने गर्दछन् ।

शैक्षिक परामर्शमा विश्वासिलो ठाउँ युनिस्टार एजुकेशनले यही कुरालाई मध्यनजर गर्दै भोलि साउन १८ गते बिहिवार (३ अगस्ट) मा क्यानडा एजुकेशन इन्फोसेसन आयोजना गर्दैछ ।

सिद्धार्थचोक स्थित आफ्नै सभाहलमा हुने उक्त मेलामा क्यानडाका विभिन्न कलेज तथा युनिभर्सिटिका प्रतिनिधिहरु सहभागी हुने मेनेजिङ डाइरेक्टर सन्तोष शाहीले जानकारी दिए । विद्यार्थीले प्रत्यक्ष रुपमा भेटी आफ्नो जिज्ञासा उनीहरु मार्फत मेट्न सकिनेछ । सम्बन्धित देशको शिक्षाका बारेमा आवश्यक सम्पूर्ण जानकारी पनि विद्यार्थीले प्राप्त गर्न सक्छन् ।

सहभागी विद्यार्थीको शैक्षिक योग्यता र आइएलटिस, पिटिई सर्टिफिकेटको आधारमा अन द स्पट नै भर्ना प्रक्रिया अगाडि बढाइने उनले बताए । ‘शैक्षिकस्तर राम्रो भएका विद्यार्थीको लागि कलेजले स्कलरसिप पनि दिनेछ । ति कलेज तथा विश्वविद्यालयमा लाग्ने एप्लिकेसन चार्ज डिस्काउण्ट गर्ने र सेमिनारमा सहभागी भएका विद्यार्थीले आइएलटिएस, पिटिइ गर्न चाहेमा डिस्काउण्ट अफरको पनि व्यवस्था गरेका छौं ।’ शाहीले भने – ‘प्लस टु, ब्यााचलर तथा मास्टर पास गरेका विद्यार्थीहरु एजुकेशन इन्फोसेसनमा भाग लिन सक्नेछन् । विशेष गरी क्यानाडा जान चाहने विद्यार्थी यसमा सहभागी भई कलेज, विश्वविद्यालयको भर्ना प्रक्रिया, पढ्न लाग्ने शुल्क, स्कलरसिप, भिसा प्रोसेसिङ्ग र त्यहाँ पुगेपछिको बस्ने व्यवस्था, पार्ट टाइम जव आदी सम्बन्धी जानकारी लिन सक्नेछन् । क्यानाडामा अध्ययन पछाडि काम गर्ने अवसर र नयाँ अध्यागमनका नियमहरुको बारेमा पनि जानकारी गराइनेछ ।’

नेपाल सरकार शिक्षा मन्त्रालयबाट मान्याता प्राप्त युनिस्टार एजुकेशनले ब्रिटिस काउन्सिल र पियरसनबाट तालिमप्राप्त ट्रेनरबाट आइएलटिएस र पिटिइ तयारी कक्षाका साथै क्यानाडा, अष्ट्रेलिया, यूके र यूएसए जान चाहने विद्यार्थीहरुलाई विगत लामो समयदेखि परामर्श दिदैं आइरहेको छ ।

युनिस्टार क्यानडा लगायत विभिन्न देशका विभिन्न कलेज तथा युनिभर्सिटिको अथोराइज्ड रिप्रिजेन्टेटिभ पनि हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds