पोखरामा रहेको आइएसएमटी कलेजले मानसिक चिन्ता व्यवस्थापन सम्बन्धी एक दिने कार्यक्रम गरेको छ ।
अन्टोज्योति मनोवैज्ञानिक परीक्षण एवम् थेरापी केन्द्रको सहयोगमा आइएसएमटी कलेजले आयोजना गरेको कार्यक्रममा विद्यार्थी उमेरमा आउने विभिन्न समस्या र त्यसले दिने मानसिक तनावका बारेमा छलफल गरिएको हो ।
कार्यक्रमबाट कलेजका सम्पूर्ण विद्यार्थी लाभन्वित भएको अप्रेसन म्यानेजर शिव पौडेलले जानकारी गराए । उनका अनुसार विद्यार्थीको वर्तमान समस्या र समाधानका विषयलाई लिएर कार्यक्रम प्रभावकारी भएको छ ।
कार्यक्रममा विद्यार्थीहरुले आफ्नो समस्या लिखित रुपमा राखेका थिए । विद्यार्थीले राखेका समस्याको समाधानका विषयमा मनोवैज्ञानिक परामर्शकर्ता पूर्णशोभा महर्जनले सहजीकरण गरेकी थिइन् । जसमा राधिका कँडेलको साथ थियो । उनीहरुले मानसिक चिन्ताको समाधानका उपायका विभिन्न तरिका र साधनाका विषयमा चर्चा गरेका थिए ।
भविष्यलाई लिएर पछिल्लो समय विद्यार्थीमा मानसिक चिन्ता बढ्दै गएको छ । के गर्ने कसो गर्ने विषयमा सहजीकरणको अभाव हुँदा समस्या उत्पन्न भएको छ । जसलाई अनुसरण गर्दै आइएसएमटीले विद्यार्थीको मानसिक चिन्ता व्यवस्थापनका बारेमा यस्ता कार्यक्रमको आयोजना गर्दै आएको छ । जसले विद्यार्थीलाई चिन्ताबाट मुक्त गराई सही निर्णय लिन सहयोग पुर्याएको छ ।
आइएसएमटी बेलायतको प्रख्यात शैक्षिक संस्था युनिर्भसिटी अफ सन्डरल्याण्डबाट सम्बन्धन प्राप्त कलेज हो । यस कलेजमा हाल बिएएससी आइटी, बीबीए पढाइ भइरहेको छ । बीएचएम र एमबीए पनि शीघ्र संचालन गर्ने तयारीमा कलेज रहेको छ ।
नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तरीय शिक्षाको सपना साकार पार्ने कार्यमा आइएसएमटी प्रतिबद्ध छ । व्यावहारिक र प्रयोगात्मक ज्ञानलाई विशेष प्राथमिकता दिएका कारण पनि आइएसएमटीमा विश्वास बढ्दै गएको पौडेल बताउँछन् ।
सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा