रोट्रयाक्ट क्लब अफ न्यूरोड पोखराको ११औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ अन्तर्गत आबद्ध क्लबले ११औं अध्यक्षको रुपमा रोटा वर्ष २०२३/२४ का लागि सुनिल पराजुली चयन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि सहायक गभर्नर पुरन कुमारले आफू पनि रोटरीमा धेरै वर्षबाट लागेको र रोट्रयाक्टमा लागेको मान्छे कुनैपनि कुराले पछि नपरेको बताए । साथै, विशेष अतिथि रोटरी क्लब अफ पोखरा न्यूरोडका रामविक्रम अधिकारीले युवाहरु सामाजिक कार्यमा लिप्त भएर लाग्नु आफैमा राम्रो काम भएको र आउने दिनमा आफ्नो साथ रहने बताए ।
रोट्रयाक्ट क्लब अफ न्यूरोड पोखराले १० कार्यकाल पूरा गरेर हाल आफ्नो ११ औं वर्ष सेवामा चलिरहेको छ। आज ८० जना भन्दा बढी सक्रिय सदस्यहरू संलग्न छन् । क्लबमा ५ जना नयाँ सदस्य पनि भित्र्याइएको छ । कार्यक्रमको समापन सत्रमा आफू पदस्थापित भइसकेपछि अध्यक्ष पराजुलीले १४ सदस्यसहितको बोर्ड अफ डिरेक्टरहरु चयन गरेका छन् ।
अध्यक्ष सुनिल पराजुलीको टिममा निवर्तमान अध्यक्ष उत्सव ढकाल, उपाध्यक्ष श्रीनाथ वाग्ले र कुशल बराल, सचिवमा शिवानी छेत्री, कोषाध्यक्षमा भारत रानाभाट, सहसचिवमा बिनय लामिछाने, सहकोषाध्यक्षमा विकास सुनार, क्लब एड्मिनिस्ट्रेसन चियरमा विजय सुबेदी, सर्ज-एट-आम्समा सदिक्षा पोख्रेल, रोटरी फाउन्डेसन चियर र प्रोफेसनल डेभलपमेन्ट चियरमा आशिष पुरी, सर्भिस प्रोजेक्ट चियरमा आश्विन कार्की, पब्लिक ईमेज चियरमा शिव बराल र ईन्टरनेशनल सर्भिस चियरमा रो.बबी छेत्री चयन गरिएकाे छ ।

सम्बन्धित खबर
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?