रोट्रयाक्ट क्लब अफ न्यूरोड पोखराको ११औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ अन्तर्गत आबद्ध क्लबले ११औं अध्यक्षको रुपमा रोटा वर्ष २०२३/२४ का लागि सुनिल पराजुली चयन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि सहायक गभर्नर पुरन कुमारले आफू पनि रोटरीमा धेरै वर्षबाट लागेको र रोट्रयाक्टमा लागेको मान्छे कुनैपनि कुराले पछि नपरेको बताए । साथै, विशेष अतिथि रोटरी क्लब अफ पोखरा न्यूरोडका रामविक्रम अधिकारीले युवाहरु सामाजिक कार्यमा लिप्त भएर लाग्नु आफैमा राम्रो काम भएको र आउने दिनमा आफ्नो साथ रहने बताए ।
रोट्रयाक्ट क्लब अफ न्यूरोड पोखराले १० कार्यकाल पूरा गरेर हाल आफ्नो ११ औं वर्ष सेवामा चलिरहेको छ। आज ८० जना भन्दा बढी सक्रिय सदस्यहरू संलग्न छन् । क्लबमा ५ जना नयाँ सदस्य पनि भित्र्याइएको छ । कार्यक्रमको समापन सत्रमा आफू पदस्थापित भइसकेपछि अध्यक्ष पराजुलीले १४ सदस्यसहितको बोर्ड अफ डिरेक्टरहरु चयन गरेका छन् ।
अध्यक्ष सुनिल पराजुलीको टिममा निवर्तमान अध्यक्ष उत्सव ढकाल, उपाध्यक्ष श्रीनाथ वाग्ले र कुशल बराल, सचिवमा शिवानी छेत्री, कोषाध्यक्षमा भारत रानाभाट, सहसचिवमा बिनय लामिछाने, सहकोषाध्यक्षमा विकास सुनार, क्लब एड्मिनिस्ट्रेसन चियरमा विजय सुबेदी, सर्ज-एट-आम्समा सदिक्षा पोख्रेल, रोटरी फाउन्डेसन चियर र प्रोफेसनल डेभलपमेन्ट चियरमा आशिष पुरी, सर्भिस प्रोजेक्ट चियरमा आश्विन कार्की, पब्लिक ईमेज चियरमा शिव बराल र ईन्टरनेशनल सर्भिस चियरमा रो.बबी छेत्री चयन गरिएकाे छ ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
प्रतिभा माविमा गणित हाजिरीजवाफ