पोखरा । प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति नजिकिँदै गर्दा कास्की २ मा चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रम तीव्र पारिएको छ । नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का उम्मेदवार माधव प्रसाद बास्तोला (मधु) को घरदैलो कार्यक्रमले तीव्रता पाएको हो ।
पोखरा–४ विभिन्न टोलका काँग्रेस कार्यकर्ता उत्साहपूर्ण रुपमा आफ्नो पक्षमा मत मागिरहेका छन् । काँग्रेस सच्चिएर आएको छ, अव ढुक्क भएर मतदान गर्न कार्यकर्ताहरुले मतदातालाई आग्रह गरिरहेका थिए । पोखरा–४ को सिद्धार्थचोकबाट सुरु भएको घरदैलो कार्यक्रमा स्थानीय नेता तथा कार्यकर्ता सहभागी थिए ।
गणेशटोल निवासी प्रविण पालिखेले भने यस पटकको निर्वाचनमा काँग्रेसका कार्यकर्तामा उत्साह थपिएको देख्न पाइयो । यस पटक इमान्दार नेता माधव प्रसाद बास्तोलालाई उम्मेदवार पाउँदा आफू खुसी भएको उनले सुनाए । नेता तथा कार्यकर्ता अधिकांश घरमा पुगेर भोट माग्ने काम गरेका छन् । घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा मन्त्री बिन्दुकुमार थापा, वीरेन्द्रनारायण बिजुक्छे, ऋषि काफ्ले, केशर निर्दोषी, सकुन्तला कोइराला, शंकर बास्तोला, कृष्ण कुमारी परियार, देवकृष्ण पराजुली, विष्णु कोइराला लगायतका नेता तथा कार्यकर्ता सहभागी थिए ।
आइतबार पोखरा–४ को सिद्धार्थचोक, चिप्लेढुंगा, पराजुली मार्ग, गणेशटोल, नालाको मुख, रामकृष्ण टोल, बागलुङ बसपार्क, गैहपाटन बुढालिलाकण्ठ मन्दिर लगायतका स्थानमा मतदातासँग घरदैलो र सुझाव संकलन कार्यक्रम गरिएको बताइएको छ । गणेश टोलमा पुरानो बजार र कलात्मक पुराना घरहरुको संरक्षणमा आफूले जोड दिने कुरा पनि उनले उक्त अवसरमा व्यक्त गरेका थिए ।
घरदैलोकै क्रममा नालाकोे मुखस्थित गणेशमान सिंहको शालिकलाई माल्र्यापण गर्दै बास्तोलाले अब नेपाली काँग्रेस गणेशमान कै बाटोबाट अगाडि वढेको बताउँदै सच्चिएको काँग्रेसले अव सुशासन र समृद्धि प्रमुख एजेण्डाका रुपमा अगाडि वढाउने प्रतिवद्धता व्यक्त गरे ।
मध्यपूर्वमा युद्ध प्रभावित मुलुकमा रहेका नेपाली सुरक्षित स्थानमा बस्न र नेपाली नागरिकलाई परेको प्रभावका बारेमा उनले गम्भीर चिन्ता व्यक्त गरेका छन् । युद्धका कारण नेपालीहरुमा पर्न जाने असुविधाप्रति चिन्ता व्यक्त गर्दै उनीहरुलाई सुरक्षित ठाउँमा राख्ने काम नेपाल सरकारले गर्नुपर्ने कुरामा जोड दिए । आफूपनि त्रिसुली नदीमा खसेर पुनरजन्म लिएर आएको व्यक्ति भएकाले पीडा कस्तो हुन्छ भन्ने कुरा आफूले भोगेको उनले सुनाए ।
घरदैलो कार्यक्रममा पोखरा–४ का वृद्धवृद्धादेखि जेन्जी समुहका मतदाताले बास्तोलालाई आशीर्वाद दिइरहेका छन् । त्यस्तै शनिबार पोखरा–११ मा घरदेलो र सुझाव संकलन अभियान सम्पन्न गरिएको छ । उम्मेदबार बास्तोलाले भने यस पटक काँग्रेसका कार्यकर्तामा अभूतपूर्वक उत्साह देखिएको बताए ।
सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा