मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीधाममा आइतबार साँझ आएको बाढीले दुई दर्जन घरहरु बगाएको छ। कागबेनी गाउँमाथिको मुक्तिनाथ शीर हुँदै झर्ने शाखा नदी पहिरोका कारण थुनिएपछि आएको बाढीले ठुलो क्षति पुर्याएको हो।
अविरल वर्षासँगै गएरातीको ठाडो खोलाको बाढीले दुई दर्जन घरहरु बगाएको प्रारम्भिक अनुमान गरिएको छ। बाढीले स्थानीयको घर,पसल, होटल, प्रहरी चौकी भवन, वडा कार्यालय लगायतका घर पूरै बाढीले बगाएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नाम्गेल गुरुङले जानकारी दिए।

यसैगरी, कागबेनी खोलामा आएको बाढीले धार्मिक श्रद्धास्थल, धर्मशाला, मन्दिर समेत बगाएको छ। बाढीले कागबेनीमा रहेको एनएनबी बैंक रहेको घर, जनशान्ति माध्यमिक विद्यालयमा आशिंक क्षति भएको अध्यक्ष गुरुङले बताए। अचानक आएको बाढीले कागबेनीमा सञ्चालनमा रहेका आधा दर्जन पसलका सामानहरु समेत बगाएको छ भने कागबेनी खोलाको दक्षिण पूर्वमा रहेका घरहरु रहेको स्थान पुरै बगरमा परिणत भएको छ।

बाढीले कागबेनी गाउँभित्र रहेका अस्थायी काठेपुल र जोमसोम—कोरला जोड्ने निर्माण सम्पन्न हुने क्रममा रहेको पक्की पुल समेत बगाएको छ। यसैगरी बाढीले होटलमा पार्किङ गरी राखिएका २ वटा गाडी समेत बगाएको बताइएको छ।

कागबेनीमा आइतबार साँझ ठाँडो मुक्तिनाथ कागखोला थुनिएको थियो। जोखिम बढेपछि त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको थियो।

कागखोला बाढीको बितण्डाले कागबेनीको तटीय बस्ती रहेको स्थान कुरुप बनाइदिएको छ। मुस्ताङका प्रजिअ अनुप केसीले कागबेनीमा आएको बाढीले मानवीय क्षति नभएपनि भौतिक क्षति भएको बताए। उनले बाढीले पुर्याएको क्षति विवरण संकलन गर्ने तयारी भइरहेको र सुरक्षा निकाय र सरोकारवाला टोली उद्धारका लागि प्रस्थान गरेको बताए।

- सुन्दरकुमार थकालीकाे सहयाेगमा, तस्वीरहरूः Fřěědøm Møñštěř / वडा कार्यालय मुक्तिनाथ
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो