कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस् नतिजा

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस् नतिजा

neb

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । वैशाख २६ देखि सुरु भई जेठ ५ गते सम्पन्न भएको कक्षा १२ को परीक्षाको नतिजा केहीबेरअघि सार्वजनिक भएको हो ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट चार लाख बढी विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए।

गत वर्षभन्दा यो वर्ष ३ प्रतिशतले नतिजामा सुधार आएको बोर्डले जनाएको छ।

यसरी हेर्न सकिन्छ नतिजा !

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ।

बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.ntc.net.np र नेपाल टेलिकमको वेबसाइट www.neb.gov.np मा गएर हेर्न सकिन्छ।

त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ। त्यसका लागि लभद लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० र नेपाल टेलिकमको १६०१ नम्बरमा एसएमएस पठाएर पनि हेर्न सकिने छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ