सन्दीप लामिछाने बलात्कार मुद्दामा अदालतले भन्यो : ‘पीडितकी आमाको जन्ममिति यकिन गर्नु’

सन्दीप लामिछाने बलात्कार मुद्दामा अदालतले भन्यो : ‘पीडितकी आमाको जन्ममिति यकिन गर्नु’

sandip -lamichhane

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कारको मुद्दामा अदालतले पीडित किशोरीको आमाको जन्ममिति सम्बनधी कागजात मगाउने आदेश दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको हो ।

पीडितको उमेर सम्बन्धी कागजातमा उनकी आमाको उमेर दुईवटा देखिएपछि इजलासले पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको हो ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।

अब पीडित किशोरीको आमाको नागरिकतासम्बन्धी कागजात आएपछि मात्रै उक्त मुद्दामा सुनुवाइ हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds