पोखरा । पोखरा महानगरपालिका वडा नं.२४ बास्कोटमा महानगरपालिकाले बास्कोट सहरी स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ । उक्त केन्द्र भवनको शुक्रवार महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गरेका छन् ।
स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले सो केन्द्र भवनको निर्माण गर्न लागिएको प्रमुख आचार्यले बताए । पोखरा २४ को तल्लो भाग र वडा नं.२३ तथा अन्नपूर्ण गाउँपालिकाको केही क्षेत्रका बासिन्दाहरूले समेत लाभ लिन सहज हुने सो केन्द्र सुविधा सम्पन्न बनाइने उनले बताए। महानगरका वडाहरूमा ल्याव परिक्षण सहितका शिविरहरू सञ्चालनका अभियानहरू समेत थालिएको उनले बताए । यसका अलवा विकास निर्माणका कतिपय योजनाहरू सम्पन्न गरिएका र कतिपय योजनाहरू सञ्चालन कै क्रममा रहेका उनले बताए ।
वडा अध्यक्ष भरत बहादुर अधिकारीले बास्कोटमा स्वास्थ्य केन्द्र निर्माणले त्यस क्षेत्रका नागरिकहरूलाई सुविधा हुने बताए । सामान्य स्वास्थ्य सम्बन्धी भएपछि पोखरा बजार नै पुग्नु पर्ने बाध्यताको अन्त्य हुने उनले विश्वास व्यक्त गरे । नगरवासीहरूको स्वास्थ्य सुरक्षाका लागि महानगरपालिका प्रतिबद्ध रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूले नागरिकहरूको स्वास्थ्य, शिक्षा लगायत आधारभूत विषयहरूको सुरक्षणका लागि स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुने बताए ।
४ करोड लागतमा केन्द्र भवन २ वर्षभित्र निर्माण सम्पन्न गरिने छ । भवन २ तले हुनेछ । भविष्यमा यसलाई सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा स्तरोन्नति गर्ने महानगरको योजना रहेको छ । वडा नं. २४ कै कास्कीकोमा पनि स्वास्थ्य चौकी सञ्चालनमा रहेको छ ।
सम्बन्धित खबर
फेदीखोलामा राष्ट्रिय कोदो दिवस, स्थानीय परिकार र खेती प्रवर्द्धनमा जोड
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन