सरकारले गर्‍यो पदस्थापन भएको ४ महिनामा नै ५ एआइजीहरू सरुवा

सरकारले गर्‍यो पदस्थापन भएको ४ महिनामा नै ५ एआइजीहरू सरुवा

griha

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले शरणार्थी प्रकरण अघि बढाउने उपत्यका प्रहरी प्रमुख श्यामलाल ज्ञवाली सहितका एआईजीहरुलाई सरुवा गरेको हो ।

श्यामलाल ज्ञवाली काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए। उनलाई सरकारले प्रहरी प्रधान कार्यालय कार्य विभागमा पठाएको छ। उनले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका थिए।

यस्तै, मानव स्रोत विभागमा रहेका सन्दीप भण्डारीलाई नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरूवा गरेको छ। उनको ठाउँमा प्रतिष्ठानमा रहेका टेकबहादुर राईलाई मानव स्रोत विभागमा पठाइएको छ।

प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी प्रमुख एसएपी दानबहादुर कार्की, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसी र ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई सरुवा गर्न गृह मन्त्रालयसमक्ष प्रस्ताव गरेको छ ।

पदस्थापन भएको ४ महिनामा नै ५ एआईजीहरू सरुवा भएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds