भक्तपुरमा रहेको बाल सुधार केन्द्रबाट एक सय बढी बालक भागेका छन् । सोमबार दिउँसो उनीहरू सुधार गृहको ढोका फोरेर भागेको सुधार गृहले जनाएको छ ।
भागेकामध्ये केहीलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको छ । खोजतलास अहिले पनि जारी रहेको प्रहरीले जनाएको छ । भित्र करिब तीन सय जनाजति रहेको बताइएको छ ।
आइतबार सुधार गृहमा एक किशोरको मृत्यु भएपछि उनका आफन्तले गेटमा प्रदर्शन गरेका थिए। रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी र तोडफोड गरेका थिए । त्यही विषयमा सोमबार पनि तनाव जारी रहँदा सुधार गृहमा रहेका कैदी ढोका फोरेर भागेका हुन् ।
बस्नेतको मृत्युबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा छानबिन समिति बनाएको छ ।
उपत्यकाभरि सतर्कता
सानोठिमीस्थित बाल सुधार गृहबाट कैदीहरु भागेपछि उपत्यकाभरि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा सुरक्षाकर्मीहरु हाई–अलर्टमा रहेको बताए ।
भागेर उपत्यकाका अरु जिल्लामा पनि गएको देखिएकाले सबैतिर प्रहरीलाई खबर गरेको र केही नियन्त्रणमा समेत आएकाे प्रहरीले जनाएकाे छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी दिनेशराज मैनालीका अनुसार, हाल ८७ जना काठमाडौंबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार, सशस्त्र र जनपथ प्रहरीलाई समेत आक्रमण गरेर कैदीहरु भागेका थिए । सुधार गृहमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका २९९ जना थिए । तीमध्ये २५६ जना पुरुष थिए ।
कुनै अपराध गरेको तर १८ वर्षभन्दा मुनिको भए त्यस्ता व्यक्तिलाई सजाय तोकिए बाल सुधार गृहमा राखिन्छ।
सम्बन्धित खबर
बुबाको हत्या आरोपमा छोरालाई कारागार
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु