भक्तपुर सानोठिमीस्थित बाल सुधार गृहको मुख्य गेट तोडफोड गरी फरार भएका एक सय ९४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भक्तपुर र काठमाडौँका विभिन्न ठाउँबाट गरी हाल एक सय ९४ जनालाई प्रहरी नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए। थप २७ जना टेलिफोन सम्पर्कमा आइसकेको उनले जानकारी दिए।
बाल सुधार गृहमा रहेका ४३ जना केटी र दुई सय ५६ जना केटा गरी दुई सय ९९ बालबन्दी रहेको सुधार गृहको गेट तोडफोड गरेर दुई सय २१ जना फरार भएका थिए। बाल सुधार गृहभित्र प्रशासनले विभेद गरेको भन्दै बन्दीले नाराबाजी गर्दै घरेलु हतियार लिएर बाहिर निस्के पनि सुधार गृहभित्र रहेका ४३ जना बालिका बन्दी र केही पुरुष बन्दी भने बाल सुधार गृहभित्रै बसेका उनले जानकारी दिए।
बालबन्दी र प्रहरीबीच झडप हुँदा २२ घाइते भएका छन्। प्रहरीले तीन राउण्ड गोली चलाउँदा दुई बालबन्दीलाई गोली लागेर घाइते भएका छन्। आज भएको उक्त घटनामा नेपाल प्रहरीका प्रहरी निरीक्षकसहित १०, सशस्त्र प्रहरीको आठ घाइते भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक केसीले जानकारी दिए।
बन्दीको आक्रमणबाट घाइते प्रहरी निरीक्षक सञ्जिव ओलीको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ। उनको हात भाचिनुका साथै शरीरका विभिन्न अङ्गमा चोट लागेको छ। बन्दीतर्फ चार जना घाइते भएका छन्। तीमध्ये दुई जनालाई गोली लागेको छ। गोली लागेकामध्ये गम्भीर घाइतेको वीर अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
घाइतेको भक्तपुरको नागरिक कम्युनिटी अस्पताल, मध्यपुर अस्पताल वीर अस्पताल, त्रिवि शिक्षण अस्पताललगायत उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
बन्दीले गेट तोडफोड गरेर बाहिर निस्कदै घरेलु हतियार र ढुङ्गा प्रहार गरी प्रहरीमाथि नै आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन बाध्य भएर प्रहरीले तीन राउण्ड गोली चलाउनुपरेको उनले जानकारी दिए। गोली लागेर दुई बन्दी घाइते भएका छन्।
सम्बन्धित खबर
बुबाको हत्या आरोपमा छोरालाई कारागार
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु