पोखरा । पोखराकी सञ्चारकर्मी रोशनी क्षेत्री (एलिजा) को निधन भएको छ । सोमबार बिहान पोखरा ८, जाल्पारोडस्थित आफ्नै निवासमा जलिरहेको अवस्थामा भेटिएकी उनको उपचारका क्रममा मंगलबार निधन भएको हो ।
जलेर घाइते भएकी उनलाई तत्काल गण्डकी मेडिकल कलेज (जिएमसी) मा लगेर उपचार थालिएको थियो । अवस्था जटिल हुँदै गएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा मंगलबार दिउँसो १२ः४२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । थप उपचारका लागि काठमाडाै लैजाने तयारी भइरहेकाे अवस्थामा उनकाे मृत्यु भएको नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारीले जानकारी दिइन्।
उपचारमा संलग्न चिकित्सकका अनुसार ६० प्रतिशत उनको शरिर आगोले जलेको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०५५ मा पोखराकै भलाममा जन्मेकी उनी विगत ७ वर्षदेखि सञ्चारकर्ममा थिइन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीकी कार्यसमिति सदस्यसमेत रहेकी उनले यसअघि माछापुच्छ्रे एफएम, परिचय डटकम, अन्नपूर्ण एफएमलगायत मिडियामा काम गरेकी थिइन् । उनी पत्रकारितामा स्नातकोत्तर तहमा अध्ययनरत थिइन् । उनको गत वर्षमात्र विवाह भएको थियो ।
उनको शव पोस्टमार्टमपछि आफ्नो निवास जाल्पारोडमा अन्तिम श्रद्धाञ्जीको लागि लगिएको थियो । त्यहाँ करिब १ घण्टा राखिएकोमा अन्त्येष्टिका लागि मंगलबार साँझ सेती किनार शान्तिघाट लगिएको हो । चलचित्र पत्रकार संघ कास्कीले उनीप्रति अन्तिम श्रद्धाञ्जली दिँदै शवमा झण्डा ओढाएको थियो ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’