पोखरा । पोखरा ट्रेडमलको बोर्ड अफ डाइरेक्टरमा सौगात थापा नियुक्त भएका छन् ।
अंशुवरा ग्रुपका प्रबन्ध निर्देशक समेत रहेका थापा आइतबार बोर्ड अफ डाइरेक्टरमा नियुक्त भएको पोखरा ट्रेडमलका अध्यक्ष मिनराज काफ्लेले जानकारी दिए ।
सौगातलाई पोखरा ट्रेडमलको नियमावलीको परिक्षण ४ को दफा २८ को उपदफा ४ बमोजिम बोर्ड अफ डाइरेक्टरमा नियुक्त गरिएको हो । सौगात पछिल्लो समय व्यवसायमा सक्रिय छन् । सौगात पोखरा उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य समेत हुन् ।
पोखरा ट्रेडमललाई अझ व्यवस्थित बनाउँदै लैजाने सोच उनको छ । ट्रेडमलमा व्यवसायीलाई आकर्षण गराउन प्रविधिमैत्री वातावरणलाई आत्मसात् गरिने उनले बताए । ‘अग्रजका सल्लाहलाई अनुसरण गर्दै पोखरा ट्रेडमलको स्तरउन्नतिमा लागि पर्नेछु’, उनले भने,‘ट्रेडमलको प्रचारप्रसारमा समेत ख्याल गरी व्यवसायिक मैत्री वातावरण बनाउने लक्ष्य सहित काम गर्न प्रतिबद्ध छु ।’
मिनराज काफ्लेले ट्रेडमलको बोर्ड अफ डाइरेक्टरमा युवा व्यक्तित्वलाई नियुक्त गर्न पाउँदा खुशी लागेको उल्लेख गरे । सौगात सयौं युवाहरुको प्रेरणा बन्न सक्ने भनाई उनको छ । युवालाई व्यवसायिक क्षेत्रमा आकर्षण गराई नेतृत्व विकासमा समेत महत्वपूर्ण टेवा पुग्ने विश्वास उनले लिएका छन् ।
पोखरा ट्रेड मल २०७२ सालमा सञ्चालनमा आएको नेपालकै ठूलो व्यावसायिक कम्प्लेक्स मध्येमा पर्छ । जहाँ ५ सय ४ सटरहरु छन् ।
ट्रेडमलमा अंशुवरा ग्रुपको ठूलो लगानी छ । यसका अलवा अंशुवरा समूहले वित्तिय संस्था, रियलस्टेट, हस्पटालिटी क्षेत्रमा समेत लगानी विस्तार गरेको छ । यस्तै यो समूहले अंशुभरा एग्रोफर्म समेत संचालनमा ल्याउने तयारी गरिरहेकोे छ ।
सम्बन्धित खबर
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर