पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका स्थानीय तहका जनप्रतिनिधि वडा सदस्यहरूको लागि क्षमता अभिवृद्धी तालिम सोमबार शुरु भएको छ। तालिमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए।
पौडेलले बिकासका र जनताका काम सहज ढंगबाट सम्पन्न गर्न जनप्रतिनिधिहरूलाइ थप सक्षम बनाउन तालिम आयोजना गरिएको उल्लेख गर्दै सक्रियताका साथ सहभागी हुन आग्रह गरे।
प्रमुख पौडेलले बिकासमा गुणस्तर र सेवा प्रबाहमा जनताका प्रतिनिधिहरूलाइ कुनै अप्ठ्यारो हुन नहुने र जन प्रतिनिधिहरू समय सापेक्ष परिमार्जित र परिष्कृत हुन तालिम फलदायी हुने बिश्वास ब्यक्त गरे।
सोमबार कास्कीका चारवटा गाउँपालिका र मंगलबार पोखरा महानगर अन्तर्गतका वडा सदस्यहरू सहभागी रहेको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिए।
कार्यक्रममा विकासका योजना छनोट, प्रक्रिया र विधि स्थानीय सरकार संचालनमा वडा सदस्यको भुमिका, विद्यमान ऐन कानुन लगायतका बिषयमा प्रशिक्षण प्रदान गरिने सो कार्यालयका सूचना अधिकारी झबिश्वर रेग्मीले उल्लेख गरे।
कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे, जिल्ला समन्वय अधिकारी नवराज बराल, शाखा अधिकृत झबिश्वर रेग्मी लगायतले सहजीकरण गरेका थिए।
जि.स.स. कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत उप–प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको सो कार्यालयका नायब सुब्बा सरस्वती गौतमले जानकारी दिइन्।
सम्बन्धित खबर
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?