पोखरा। शिक्षासेवी स्व. देवीरमण शर्माको स्मरणमा प्रकाशित देविरमण शर्मा शास्त्री स्मृतिग्रन्थको बिहिबार एक कार्यक्रम बीच लोकापर्ण गरियो ।
देवीरमण कृष्णकुमारी स्मृति प्रतिष्ठान कास्कीले बिहिबार एक कार्यक्रमको आयोजना गरी स्व.देवीरमणको १०८ औ जन्म जयन्तीको अवसरमा उक्त स्मृतिग्रन्थ लोकपर्ण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि संस्कृतिविद् प्रा.डा. जगमान गुरुङले उक्त स्मृति ग्रन्थको विमोचन गरे। कार्यक्रममा बोल्दै संस्कृतविद् प्रा.डा. गुरुङले शैक्षिक क्षेत्रमा एउटा उदाहरणिय पात्रको रुपमा देवीरमण गुरुलाई चिनेको बताए ।
‘म १४ वर्षको हुँदा गाउबाट पोखरा पढ्न आएको थिए त्यतिबेला दुब्लो पातलो पाइजामा र कपडाको जुत्ता लगाएको अवस्थामा देविरवण गुरुसँग भेट भएको थियो’ आफूलाई पढाएको त्यो समयको स्मरण गर्दै उनले भने, ‘ज्यादै परिश्रमी र कडा मिजासको हुनुहुन्थ्यो । विद्यार्थीलाई प्रेरणा दिनुहुन्थ्यो त्यो बेला गुरुले पढाएका विद्यार्थी अब्बल सावित भएका छन् ।’
शिक्षाविद् जोर्ज जोनले नेपाली र अग्रेजी दुवैमा दख्खल भएकै कारण पृथ्वीनारयण क्याम्पसमा तीन वर्ष प्राध्यापन गरेको सुनाए ।
समिक्षक सहप्रध्यापक डा. यमनाथ तिमिल्सिनाले असल, सफल, सालिन, भद्र र शिक्षकहरुको पनि अभिभावकको रुपमा देवीरमण शर्मा रहेको उल्लेख गरे ।
साहित्यकार तारा पाखेले पोखरामा शिक्षाको विकासमा स्व.देवीरमण सरको महत्वपूर्ण योगदान रेहेको बताए । सुवदी कल्याण प्रतिष्ठान नेपालका कुलाधिपति देविप्रसाद सुवेदीले शिक्षाको उज्यालो छर्ने काम गर्नु भएको बताए । राजनितिज्ञ विश्व सिग्देलले गुरुकै विश्वास, सहास र आत्मावलले नै आफु यो स्थानमा उभिन सफल भएको बताए ।
पूर्व खेलाडी खड्ग बहादुर रानाभाटले राष्ट्रियता, शिक्षा, लगनशिलता र स्वाभलम्वीको पाठ गुरु बाट सिक्ने अवसर मिलेको बताए । देवीरमण कुष्णकुमारी स्मृति प्रतिष्ठान कास्कीका सचिव पशुपति सुवेदीले शैक्षिक क्षेत्रको विकास गर्ने उद्देश्यले उहाँहरुको नाममा प्रतिष्ठान स्थापना गरेको बताए ।
स्मृतिग्रन्थमा देवीरमणको सङ्क्षिप्त जीवनी, शिक्षामा योगदान मानसपटलका स्मृतिहरु, प्रशिक्षण दक्षताको कदर, देवीरमण र कृष्णकुमारीलाई लेखिएका प्रतिनिधि केहि पत्रहरु, देवीरमणका हस्तलिखित पानाहरु, स्मरणमा तस्बीरहरु, देवीरमणद्धारा सङ्गृहित केही पुस्तकहरुका वारेमा समावेश गरिएको छ ।
वि.स. २०७३ असार १ गते जन्मीएका देवीरमणको २०३१ फागुन १ गने निधन भएको थियो । उनैका कान्छा छोरा डा. अनिल सुवेदीलाई वुवाको सम्झनामा यो स्मृतिग्रन्थ प्रकाशन गरेका हुन्। त्यसअवसरमा देवीरमणको सम्झनामा बनाइएको वृत्तचीत्र पनि प्रदर्शन गरिएको थियो ।
देविरमण कृष्णकुमार स्मृति प्रतिष्ठान कास्कीका अध्यक्ष डा. अनिल सुवेदीको अध्यक्षमा भएको कार्यक्रममा उपाध्यक्ष अखिल सुवेदीले स्वागत र मनिष सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह