एक लाख नक्कली नोटसहित गोरखाका गौरव काठमाण्डौबाट पक्राउ

एक लाख नक्कली नोटसहित गोरखाका गौरव काठमाण्डौबाट पक्राउ

Arrest

काठमाडौं महानगरपालिका -१५ स्वयम्भूबाट नक्कली नेपाली नोटसहित एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गोरखा जिल्ला गोरखा नगरपालिका -४ धारापानी घर भई हाल काठमाडौं नागार्जुन -८ भिमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापा रहेको प्रहरीले जनाएको छ।

स्वयम्भू क्षेत्रमा नक्कली नोटको कारोवार भइरहेको छ भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीको टोलीले थापालाई पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट १ हजार दरका १ सय थान नक्कली नोट बरामद गरेको छ। उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ