झापा । सँगै विषादी सेवन गरेर देहत्याग गरेका झापा शिवसताक्षीका एक दम्पतीको शनिबार एउटै चितामा अन्त्येष्टि गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं ११ दूधेका ५९ वर्षीय तेजप्रसाद भट्टराई र उनकी श्रीमती ५२ वर्षीया कमला भट्टराईको शव एउटै चितामा राखेर अन्त्येष्टि गरिएको हो ।
भदौ १९ गते राति तेजप्रसाद र कमलाले विषादी सेवन गरेका थिए । विष सेवनपछि दुवैजनालाई उपचारका लागि बिर्तामोडको मनमोहन अस्पताल लगिएको थियो । भदौ २० गते कमलाको मृत्यु भयो भने दुई दिनपछि तेजप्रसादको मृत्यु भएको हो ।
घरायसी समस्याका कारण भट्टराई दम्पतीले आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् । कमला क्यान्सरपीडित हुन् । चार वर्षदेखि स्तन क्यान्सरबाट पीडित भएको कमलाको उपचारका लागि छोरा खगेन्द्र वैदेशिक रोजगारीमा गए । छोराले कमाएको रकमले कमलाको उपचार सम्भव थिएन ।
श्रीमानले पनि श्रीमतीको उपचारका लागि कुनै कसर बाँकी राखेका थिएनन् । तर, कमलाको शरीरमा लागेको रोग निको हुने अवस्थामा थिएन । श्रीमान् तेजप्रसादको पनि बाख्रालाई घाँस काट्न रुख चढ्दा लडेर खुट्टा भाँचिएको थियो । उनको खुट्टामा लगाएको स्टिल पनि कमजोर आर्थिक अवस्थाकै कारण निकाल्न सकेका थिएनन् ।
२०६१ सालमा ताप्लेजुङको खेवाङबाट बसाइँ आएका भट्टराई दम्पतीको एकमात्र छोरा खगेन्द्र हुन् । १ कट्ठा जग्गा र त्यसमा बनेको घरबाहेक भट्टराई दम्पतीको केही थिएन ।
सम्बन्धित खबर
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
‘ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू’
सर्वोच्चमा रवि लामिछानेसम्बन्धी मुद्दा पुनः ‘हेर्दाहेर्दै’मा, मंगलबार फेरि सुनुवाइ हुने
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
कस्टमर ग्रुप नेपालद्वारा पाल्पाको विद्यालयलाई सहयोग
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु