गृहका १० सहसचिवको सरुवा, को कहाँ पुगे ?

गृहका १० सहसचिवको सरुवा, को कहाँ पुगे ?

६ जिल्लाका प्रजिअ पनि फेरिए

griha

काठमाडौं । गृह मन्त्रालयले १० जना सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले गृह मन्त्रालय मातहतका सहसचिवको सरुवा गरेको हो ।

मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रुद्रसिंह तामाङलाई ल्याएको छ । विभागका यसअघिका महानिर्देशक झलकराम अधिकारीको सरुवा मन्त्रालयमा भएको थियो ।

दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई सरुवा गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ। भने, रुपन्देहीका प्रजिअ भरतमणि पाण्डेलाई गृहले मन्त्रालयअन्तर्गत ल्याएको छ।

यस्तै, मन्त्रालयका सहसचिव शिवराम गेलाललाई महोत्तरीको प्रजिअमा सरुवा गरिएको छ। महोत्तरीका प्रजिअ दीपक कुमार पहाडीलाई गृह मन्त्रालयमा ल्याइएको छ।

त्यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरी बागलुङका सीडीओ रोशनी कुमारी श्रेष्ठलाई भक्तपुरको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds