विद्यार्थीको पढाइका सँगसंगै अतिरिक्त क्रियाकलापमा अब्बल बनाउने उद्देश्यले पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले बाल दिवसको अवसरमा प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न गर्यो ।
कार्यक्रम बालबालिकाहरुमा नै निहित रहेकोले कक्षा १ देखि कक्षा ५सम्म अध्ययनरत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनमा गायन र नृत्य विद्याअन्र्तगत ७० ओटा विद्याहरुमा आफ्नो कौशलता प्रस्तुत गरेका थिए ।
गायन विद्यातर्फ (कक्षा १–३) प्रशन्न पौडेलको समूह, नैतिक गुप्ता, एलविन अधिकारीको समूह, प्रयास गुरुङको समूह र अभियान पौडेल क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन् भने नृत्य विधातर्फ (कक्षा १–३) रेन थापा विजेता, विद्याता पराजुली फस्ट रनर अफ, र बन्दना वलाकोटी र व्रिकीका पण्डितको समूह सेकेण्ड रनर अफ भएका छन् ।

त्यसैगरी कक्षा ४ देखि ५ सम्मको गायन विधातर्फ आर्यन क्षेत्री, प्रधन्न सुबेदी, रिजियो गुरुङ, शिवानीको समूह क्रमशः प्रथम, द्वितीय, तृतीय भएका छन् भने नृत्यतर्फ स्मृति र सुरक्षाको समूह, आर्या सुबेदीको समूह र एरी गुरुङको समूह क्रमशः विजेता, फस्ट रनर अफ र सेकेण्ड रनर अफ बन्न सफल भएका छन् ।

प्रमुख अतिथि कक्षा १ मा अध्ययनरत सासम गुरुङलाई बनाएर नौलो प्रयोग गरिएको थियो । विद्यालयकका अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीको संयोजकत्वमा आयोजित सो कार्यक्रममा नृत्यविधातर्फ युवराज गुरुङ र प्रिति गुरुङ, गायन विधामा हरिहर खनिँया र राजन कार्कीले निर्णायकको भूमिका गरेका थिए ।

विजेताहरुलाई विद्यालयका प्रिन्सिपल किरण सापकोटा, सहायक प्रिन्सिपल प्रदीप खनाल, तारा थापा र बित्त निर्देशक एवं पूर्व प्रिन्सिपल विश्वगोपाल पराजुलीले पुरस्कार वितरण गरेको विद्यालयका नेपाली विभागका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
कक्षा ५ मा अध्ययनरत हरि सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कक्षा ५ मा अध्ययनरत आर्या सुबेदीले स्वागत मन्तव्य दिएकी थिइन् । कार्यक्रमको सञ्चालन सफल सुबेदी, अनुष्का गौतम, आर्या सुबेदी, आर्यान क्षेत्री, साकार पौडेल, देव्यानी बराल र एनवासा कंडेलले गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह